
ललितपुर - सानिमा बैंकको २२औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा असोज १२ गते सोमबार सम्पन्न सभाले आर्थिक वर्ष २०८२/८३ का लागि साधारण शेयरधनीलाई १० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
यस्तै, अग्राधिकार शेयरधनीका लागि ८.२५ प्रतिशत नगद लाभांश (करसहित) दिने प्रस्ताव पनि सभाले अनुमोदन गरेको छ ।
सभाबाट सर्वसाधारण शेयरधनीको तर्फबाट तेज बहादुर चन्द र महेश घिमिरे सञ्चालकमा निर्विरोध निर्वाचित भएका छन् ।
बैंकले आर्थिक वर्ष २०८२/८३ मा ३ अर्ब ५५ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको जनाएको छ । असार मसान्तसम्म बैंकको कुल सम्पत्ति २९१ अर्ब २१ करोड, कुल निक्षेप २४९ अर्ब ९३ करोड तथा खुद कर्जा सापटी २०३ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको निक्षेप १०.८४ प्रतिशत, कर्जा सापटी ११.१९ प्रतिशत र कुल सम्पत्ति १०.५० प्रतिशतले वृद्धि भएको बैंकले जनाएको छ ।
असार मसान्त २०८३ सम्म बैंकको निष्क्रिय कर्जा अनुपात २.८७ प्रतिशत, पुँजीकोष १२.८३ प्रतिशत, तरलता ३०.६८ प्रतिशत तथा कर्जा–निक्षेप अनुपातको मासिक औसत ८०.७७ प्रतिशत रहेको छ ।

बिजनेस पाटी
