भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग

BusinessPati बिजनेस पाटी
|
२०८३ आश्विन १३
|
255 views

ललितपुर - रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीबाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनाका लागि कास्कीबाट रु दुई करोड ८३ लाख ५३ हजार ९७७ सहयोग जुटेको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीका अनुसार विभिन्न सङ्घसंस्था, व्यवसायी, सामाजिक संस्था, क्लब, सहकारी, होटल तथा व्यक्तिहरूले राहतस्वरूप उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा जम्मा गरेका हुन् ।

      सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार हालसम्म जिल्लाका विभिन्न ८१ सङ्घसंस्थाबाट सहयोग गरिएको विवरण प्रशासनमा प्राप्त भएको छ । उहाँले सहयोगदाताहरूलाई आफूले प्रदान गरेको सहयोगको विवरण प्रशासनलाई जानकारी गराउन अनुरोध गरिएको बताउनुभयो ।

      ‘विपद् प्रभावित नागरिकका लागि जिल्लामा स्वतःस्फूर्त रूपमा ठूलो रकम जम्मा भएको छ । कतिपयले प्रशासनमा जानकारी गराउनुभएको छ भने कतिपयले जानकारी नगराई आफ्नै हिसाबले समेत सहयोग गरिरहनुभएको छ ।’ सहायक प्रजिअ बरालले भन्नुभयो ।

       पात्रो/राशिफल  रेडियो YouTube