
ललितपुर -
प्रतिभाको खोजी, मौलिकताको सम्मान गाउँछ गीतको साङ्गीतिक अभियान नारा सहित सुरु गरिएको २५ लाख पुरस्कार राशि रहेको गायन रियालिटी शो ‘गाउँछ गीत’को पहिलो सिजनको प्रसारण असोज २३ बाट हुने भएको छ ।
शो शुक्रवार र शनिवार राती ९ बजे ग्लोबल टेलिभिजनबाट प्रसारण हुने निर्माता हरि शर्माले जानकारी दिएका छन् । साथै शो को निर्देशकको जिम्मेवारी चलचित्र निर्देशक सुचित्रा श्रेष्ठले सम्हाल्ने पनि शर्माले जानकारी दिए । कार्यक्रमको नयाँ प्रोमो शुक्रवार सार्वजनिक गरिएको छ ।
डिजिटल अडिसन बाट छानिएका प्रतियोगीहरूको फिजिकल राउण्डको प्रस्तुति प्रसारण हुन लागेको हो ।

एच एस साइना कृयसनको निर्माणमा भएको प्रतियोगिता फिजिकल राउण्ड पछि मेघा राउण्डमा प्रवेश हुने छ ।
बिजनेसपाटी मिडिया प्रालि मिडिया पार्टनर रहेको यस प्रतियोगिताको युट्युब पार्टनर साइराम पिक्चर्स रहेको छ ।
प्रतियोगिताको निर्णायकहरूमा संगीतज्ञ सङ्गीता राना प्रधान, गायक तथा सङ्गीतकार थानेश्वर गौतम , गायिका सहिमा श्रेष्ठ र लोक तथा दोहोरी गायक अमृत खाती रहेका छन् ।
प्रतियोगिताको होस्टका रूपमा स्टान्डअप कमेडियन सीता न्यौपाने र कोष खडका रहेका छन् ।

बिजनेस पाटी



