नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण आजदेखि

BusinessPati बिजनेस पाटी
|
२०८३ कार्तिक १०
|
663 views

ललितपुर - नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ।

तेस्रो सिजनको उपाधि विजेताले डेढ करोड रुपैयाँ पुरस्कार पाउनेछ। दोस्रो टोलीले ८० लाख , तेस्रोले ४० र चौथो स्थानमा रहने टोलीले ३० लाख रुपैयाँ पाउनेछन्। एनपिएलमा बागमतीबाहेक ६ प्रदेशका समान १ फ्रेन्चाइज टोलीले स्पर्धा गर्नेछन्। लुम्बिनी र सुदुरपश्चिमसहित पोखरा एभेन्जर्स, विराटनगर किंग्स, कर्णाली याक्स र जनकपुर बोल्ट्सले खेल्नेछन्। बागमतीबाट काठमाडौ गोर्खाज र चितवन राइनोज छन्। एनपिएलमा ८ फ्रेन्चाइज टोलीले लिग चरणका २८ र प्लेअफका ४ गरि कुल ३२ खेल खेल्नेछन्।

    एनपिएलको तेस्रो संस्करणलाई आइसीसीले लिस्ट ए टि ट्वान्टीको मान्यता दिएको छ। साथै यो सिजनबाट डिसिजन रिभ्यु सिस्टम (डिआरएस) प्रयोग हुदैछ।

      कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्। अघिल्ला दुई संस्करणको लिग चरणमा सुदूरपश्चिमले लुम्बिनीलाई हराएको थियो। तर, दोस्रो संस्करणको फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको थियो।

      त्यसैले उद्घाटन खेलमा सुदूरपश्चिमसँग लिग चरणको वर्चस्व कायम राख्ने र लुम्बिनीसँग आफ्नो उपाधि रक्षा अभियान जितबाट सुरु गर्ने लक्ष्य हुनेछ। पहिलो संस्करणमा लुम्बिनी लिग चरणको अन्तिम स्थानमा रहेको थियो। तर, दोस्रो संस्करणमा उत्कृष्ट पुनरागमन गर्दै टोली च्याम्पियन बनेको थियो। त्यो लुम्बिनीको पहिलो एनपिएल उपाधि थियो।

      पहिलो संस्करणको फाइनलमा भने सुदूरपश्चिम जनकपुर बोल्ट्ससँग पराजित भएको थियो। दोस्रो संस्करणको फाइनलमा पनि लुम्बिनीसँग हारेपछि सुदूरपश्चिम लगातार दुई संस्करण उपविजेतामा सीमित भएको थियो।

       पात्रो/राशिफल  रेडियो YouTube