गजल-नजिक बस्न आयौ

BusinessPati बिजनेस पाटी
|
२०८३ कार्तिक १७
|
561 views

ललितपुर -
कपिल किशोर घिमिरे

नजिक बस्न आयौ नबोली नबोली
तिमी खुब रमायौ नबोली नबोली

    भर्‍यौ प्रेम प्याला गजबले पियारा
    तिमी खुद लजायौ नबोली नबोली

      अधरमा चुमेझैँ  मलाई भएथ्यो
      सुधा नै पिलायौ नबोली नबोली

      अँगालो कस्यौ झन रमाएँ म प्यारा
      गगनमै उडायौ नबोली नबोली

      थिएँ मख्ख प्यारा मिली प्रेमको सुख
      भयो के ? हरायौ नबोली   नबोली

       पात्रो/राशिफल  रेडियो YouTube