कविता : वसन्तमा

BusinessPati बिजनेस पाटी
|
२०८३ कार्तिक १८
|
3k views

ललितपुर -
वसन्तमा

नामै नभएका फुल
पनि फुल छन्
चाहे त्यो सुगन्धका होस
या प्रेमका
फुल छन् पातै झारेर
वा
पातै ढाकेर

      तिमी त्यही वसन्तमा हिँडेका थियौ
      प्रेमको बखान गर्दै प्रेम सँग
      परिपेच्छ बिचार ढाल्दै
      केही खोजेको जस्तो गरी
      वा
      केही पाएको जस्तो गरी

      बिचार विहीन तिम्रो प्रेम

      ग्रीष्मको तातो बिचारले पग्लियौ
      आकार विहीन (बिचार विहीन) भयौ
      एक भयौ
      तरल भयौ
      बर्खाको भेलमा
      आहुति दिने
      अर्को प्रेमी भयौ ।

       पात्रो/राशिफल  रेडियो YouTube