घट्यो सुनचाँदीको मूल्य

BusinessPati बिजनेस पाटी
|
२०८३ कार्तिक २१
|
2.1k views

ललितपुर - स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला पाँच हजार ९०० ले घटेको छ भने चाँदीको मूल्य भने ११० ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार र चाँदीको मूल्य त्यति तीन हजार ८१० कायम भएको छ ।

हिजो बिहीबार छापावाल सुन प्रतितोला रु दुई लाख ८८ हजार ९०० र चाँदीको मूल्य रु तीन हजार ९२० कायम थियो ।

       पात्रो/राशिफल  रेडियो YouTube