ज्येष्ठ नागरिक सुविधाअन्तर्गत पूर्वमन्त्री रायमाझी कारागारबाट रिहा

BusinessPati बिजनेस पाटी
|
२०८३ कार्तिक २७
|
204 views

ललितपुर - नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भुक्तान गरिरहनुभएका पूर्वमन्त्री टोपबहादुर रायमाझी रिहा हुनुभएको छ ।

ज्येष्ठ नागरिक छुट पाएर डिल्लीबजार कारागारबाट आज रायमाझी रहा हुनुभएको कारागार प्रशासक विक्रमप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

पैसठ्ठी वर्ष पूरा हुनुभएका रायमाझीले ज्येष्ठ नागरिकले पाउने सुविधाअनुसार रिहा हुनुभएको हो । कारागार प्रशासनले रायमाझीलाई परिवारको जिम्मा लगाएको छ ।

सर्वोच्च अदालत यही कात्तिक १६ गते पूर्वमन्त्री रायमाझीलाई सो छुट सुविधा दिन कारागार प्रशासनलाई पत्राचार गरेको थियो ।

       पात्रो/राशिफल  रेडियो YouTube