घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

BusinessPati बिजनेस पाटी
|
२०८३ मंसिर १
|
1.4k views

ललितपुर - स्थानीय बजारमा आज सुनको मूल्य तोलामा एक हजार १०० घटेको छ भने चाँदीको मूल्य प्रतितोला ८० ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सोमबार छापावाल सुन प्रतितोला रु दुई लाख ६९ हजार १०० र चाँदीको मूल्य रु तीन हजार ५२० कायम छ ।

आइतबार छापावाल सुन प्रतितोला रु दुई लाख ७० हजार २०० र चाँदीको मूल्य रु तीन हजार ६०० कायम थियो ।

       पात्रो/राशिफल  रेडियो YouTube