
ललितपुर - सिटी एक्सप्रेस ग्रुपको सहायक कम्पनी सिटी एक्सप्रेस इन्भेष्टमेन्ट फण्ड प्रा.लि. आन्तरिक राजस्व कार्यालय, बालाजुको कार्यक्षेत्रभित्र सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाताका रूपमा सम्मानित भएको छ ।
राष्ट्रिय कर दिवस २०८३ तथा कर सप्ताहका अवसरमा आन्तरिक राजस्व कार्यालय, बालाजुद्वारा आयोजित विशेष समारोहमा कम्पनीलाई कदरपत्रसहित सम्मान गरिएको हो ।
कम्पनीले आर्थिक वर्ष २०८१/०८२ मा कार्यालयको कार्यक्षेत्रभित्र सर्वाधिक आयकर दाखिला गरी राज्यको राजस्व संकलन तथा आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै उक्त सम्मान प्रदान गरिएको हो ।
राज्यको कर नीति तथा कानुनको पूर्ण पालना गर्दै पारदर्शी व्यावसायिक अभ्यासमार्फत राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउन पाउनु गौरवको विषय भएको कम्पनीले जनाएको छ । प्राप्त सम्मानले आगामी दिनमा अझ जिम्मेवार, पारदर्शी र उत्तरदायी हुँदै लगानी तथा वित्तीय सेवा विस्तार गर्न थप प्रेरणा मिलेको कम्पनीको भनाइ छ ।
सिटी एक्सप्रेस ग्रुपअन्तर्गतका अन्य भगिनी संस्थाहरूले पनि विगतमा आ–आफ्नो कार्यक्षेत्रमा उत्कृष्ट करदाताको सम्मान प्राप्त गर्दै आएका छन् ।



बिजनेस पाटी