राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री शाहको भेट

BusinessPati बिजनेस पाटी
|
२०८३ मंसिर ११
|
102 views

ललितपुर - राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री वालेन्द्र शाहले भेट गर्नुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज भएको सो भेटवार्तामा राष्ट्रपति पौडेललाई हालै सम्पन्न भारत भ्रमणका बारेमा प्रधानमन्त्री शाहले जानकारी गराउनुभएको थियो ।

सो अवसरमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच मुलुकको समसामयिक विषयमा पनि छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

       पात्रो/राशिफल  रेडियो YouTube