२०८२ भाद्र ७ | Aug 23, 2025

रुरु जलविद्युत: बिक्रीमा ल्याएको आईपीओ शुक्रबार बिहान बाँडफाँड हुने

BusinessPati बिजनेस पाटी
|
२०७८ बैशाख २

रुरु जलविद्युतले सर्वसाधारणका लागि बिक्रीमा ल्याएको प्राथमिक शेयर (आईपीओ) शुक्रबार बिहान साढे ८ बजे बाँडफाँड हुने भएको छ ।

कम्पनीको आइपीओ बाँडफाँड शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलमा हुने बताइएको छ ।

क्यापिटलका अनुसार करिब १६ लाख ६९ हजार १९ आवेदकबाट २ करोड ३३ लाख ९० हजार ९० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार कम्पनीको आईपीओ ३७ हजार ९१६ जनाले मात्र पाउनेछन् भने कुन आवेदकको करिब ९८ प्रतिशतको हात खाली हुने देखिएको छ ।

कम्पनीले चैत २० देखि २४ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २० रुपैयाँ थप गरी प्रतिकित्ता १२० रुपैयाँका दरले कुल ४ लाख ७ हजार ७०६ कित्ता प्राथमिक शेयर (आईपीओ) जारी गरेको थियो । कम्पनीले कुल निष्काशित शेयरमध्ये सामूहिक लगानी कोष र कर्मचारीहरुलाई लागि सुरक्षित गरि ३ लाख ७९ हजार १६७ कित्ताका लागि सर्वसाधारण लगानीकर्ताहरुबाट आवेदन माग गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया