२०८२ भाद्र ७ | Aug 23, 2025

‘मेरो कामले चलचित्रको धार नै परिवर्तन गर्यो’

BusinessPati बिजनेस पाटी
|
२०७७ माघ २०

चलचित्र एनिमेटर अच्युतबजगाई

पचास बर्षको इतिहास बोकेको नेपाली चलचित्र क्षेत्रको वृद्धिका लागी विभिन्न पात्रहरु र प्राविधिकहरुको महत्वपूर्ण  भुमिका रहेको छ । त्यसको एउटा विर्सनै नसक्ने प्राविधिक हुन्  अच्युत बजगाई, जसको आगमनले नेपाली चलचित्रको धार नै परिवर्तन गर्यो । नेपाली चलचित्रमा फाट्टफुट्ट रुपमा मात्रै प्रयोग हुने एनिमेशन ख्ँह् को लागी भारत जानु पर्ने अवस्थालाई उनले प्रतिस्थापन मात्रै गरेनन् नेपाली चलचित्र लगायत दृश्य सामाग्रीहरुमा एनिमेशनको आवश्यकता र प्रयोगलाई स्थापित गरे र एउटा सिंगो उचाइ निर्माण गरे । जस्ले गर्दा आजको नेपाली चलचित्रको गुणस्तर वृद्धि भएको छ । चलचित्र क्षेत्र प्रवेशको समयमै सर्वाधिक उचाई बनाएका एनिमेटर अच्युत   वजगाई संगको छोटो कुराकानीको केहि अंशः

Øसफल एनिमेटरको रुपमा नेपाली चलचित्रले स्मरण गर्ने अवस्थाको सृजना गर्नुभएको छ कस्तोअनुभव भईरहेको छ?

मैले त जानेको सिपलाई सहि ठाउँमा सहित तरिकाले प्रयोग गरेको छु  । तर पनि नेपाली चलचित्र क्षेत्रमा बनेको मेरो परिचयबाट उत्साहित त  छु नै । मैले अझै गर्नु  छ भन्ने  महसुस भएकोछ । नेपाली चलचित्रको अझै गुणस्तर बढाउने प्रण र प्रतिवद्धतामा अडिग रहने प्रेरणा प्राप्त भएको छ ।

Øचलचित्र क्षेत्रमा कसरी प्रवेश भयो ?

म प्रविधीमा खेल्ने मान्छे । चलचित्र हेर्न रुचाउने मान्छे । विदेशी चलचित्रमा

प्रयोग भएको कल्पनाशिलता माथीको बिजय कसरीहुन सकेको होला भन्ने कौतुहलताले मलाई आकर्षित गर्यो । मेरो एउटा सवल पक्ष भनेको के हो भने मलाई केहि गर्न मन लाग्यो भने लाग्यो लाग्यो। त्यसको नालीवेली केलाएरै छोडछु । एनिमेशनको काम पनि त्यहि भयो । नेपाली चलचित्रमाफाट्टफुट्ट रुपमा प्रयोग ह७३घढसने एनिमेशनको काम गर्न भारत जानु  पर्छ भन्ने कुराले मनमा छोयो ( नेपालीले किन गर्न सक्दैन, म सक्छु, जसरी नी गरेर देखाउँछु भन्ने लाग्यो रभरपुर खोज, अध्ययन र प्रयोग गर्दै अघि बढें जस्ले गर्दा अहिले विदेश भारत जाने अवस्थाको अन्त्य भएको छ । महंगो पैसा तिरेर, धेरै समय लाएर गर्नु पर्ने म आफ्नै चलचित्र नगरीमा नेपालमा गर्न सक्ने भएका छौं । अहिले सोच्दा सपना जस्तो लाग्छ । म त चलचित्र हेर्ने दर्शकबाट प्राविधिक आटिष्ट पोभैसकेछु ।

Øतपाईको त्यो प्रण र प्रतिवद्धताबाट केपाउनुभयो अर्थात चलचित्र क्षेत्रले के दियो तपाईलाई ?

प्राप्तीको अपेक्षा नै थिएन मलाई प्रयोग गर्नु  थियो, विश्वका चलचित्रमा प्रमुख  आवश्यकता भएको एनिमेशन ९ ख्ँह्) ,नेपाली चलचित्रमा त्यो पनि घरेलु  भुमिमै । त्यो सपना आज  पुरा भएको छ । चलचित्र क्षेत्रबाट वाह वाह पाएको छ, दर्शकहरुबाट माया पाएको छु । पहिलो  कुरा त मैले चाहेको रकम प्राप्त गर्न सक्ने स्व रोजगारी निर्माण गर्न सफल भएको छु ।तेस्रो कुरा सम्मान रअवार्डहरु पाएको छु र तेस्रो कुरा सपनालाई सार्थक पार्न सक्ने दरिलो  मुटु पाएको छु । जव म कम्प्युटर  संग सम्वाद गरेर बाहिर निक्लन्छु आफुलाई स्वाच्छन्द उडिरहेको चरा झै पाउँछु । लाग्छ मैले एउटा नया जिवन पाएको छु ।

Øनेपाली चलचित्रले विश्व बजारमा प्रवेश पाउन सक्छ ?

अवश्य पनि, दर्शकहरु नयाँ नयाँ बिषयको खोजीमा  हुन्छन । नेपाल यस्तो देश हो जहा विश्व प्रशिद्ध माउण्ट एभरेष्ट लगायतका हिमसृंखला यहि छन् । ऐतिहासिक विरासद छ, पुरातात्वीक सम्पदाले सम्पन्न छ ।  सुन्दर मानववस्ती र अनेकन मिधक र वास्तविक कथाहरु छन् जस्ले विश्वलाई आकर्षित गर्न सक्दछ ।अहिलेको प्राविधिकले पनि साथ दिएको छ । प्रवर्धन गर्न सकियो भने नेपाली चलचित्रले विश्व बजारमा एकाधिकार जनाउन सक्छ । त्यसको लागी हामी लागीपरेका छौं ।

Øतपाईको सफलताको राज के हो अनि गन्तब्य ?

कडा मेहनत नै मेरो परिचय हो । कामले नै गन्तब्य निर्धारण गर्दछ । हेरौ कहाँ पुगिन्छ त्यो भोली नै थाहा हुन्छ । तर खुशि के मानेमा छु भने मेरो सिर्जनसिलताबाट प्रभावित भई देशी विदेशी चलचित्रकर्मीहरुले सहकार्यको प्रस्ताव राख्नु  हुन्छ । समय ब्यवस्थापन गर्दै सहकार्य गर्ने सोचमा  छु । केही जिम्मेवारी छन् त्यो  पुरा गर्नु  छ , आफ्नो सपनालाई सार्थकता दिनु  छ (माछो जसरी पानी विना बाँच्न सक्दैन म त्यस्तै भएको छु चलचित्र विना म बाँच्न सक्छु जस्तो लाग्दैन । चलचित्रको पछाडीको मात्र प्राविधिक रहेरै योगदान गरिरहने  छु ।

Øचलचित्र प्राविधिक अर्थात एनिमेटर भन्दा बाहिर तपाईको परिचय?

मेरो परिवार छ, समाज छ र सिंगो देशको लागी मैले योगदान  गर्नु  पर्दछ भन्ने लाग्छ । राष्ट्र, राष्ट्रियता र राष्ट्रिय दायित्व निर्वाह गर्दै अघि बढ्दै छु । यस अलावा चलचित्र क्षेत्रमा हुने अवार्ड कार्यक्रममा सहभागी हुन्छु , विभिन्न प्रतियोगीतात्मक कार्यक्रमहरुको निर्णायक मण्डलको सदस्य भएर काम गर्छु  । विशेष गरी चलचित्र क्षेत्रको प्रवर्धन, खोजा अनुसन्धान र योगदान गर्दै अघि बढि रहेको  छु । मैले जानेको बिषय र विधा मार्फत मैले सामाजीक र राष्ट्रिय दायित्व निर्वाह गर्नु मेरो कर्तब्य पनि हो ।

Øएनिमेशन गाह्रो काम हो ?

होइन, तर कुनै  पनि काम सजिलो पनि छैन । काम गर्नका लागी प्रण,प्रतिवद्धता र धैर्यता चाहिन्छ अर्थात एकाग्रता चाहिन्छ । सफलता रातारात पाइदैन कडा मेहनती र परिक्ष्रमीहरु नै सफल हुने  हो । मैले आदर्शको कुरा  गरेको होइन । एनिमेशन कार्य सिम्पल छ, सिष्टममा छिरेर त्यसलाई कलात्मकता दिने खुवि चाही हुनु पर्दछ । सपना देख्ने मानिसलाई एनिमेशनको कार्य गर्न त्यति कठिन छैन ।

Øअन्त्यमा आफ्ना दर्शक र नवप्रवेशीलाई के भन्न चाहनु हुन्छ  ?

चलचित्र क्षेत्र हेर्दा जति  सुन्दर छ त्यति नै कठिन पनि छ ( दर्शक हरुलाई सास्तविकतामा मन्त्रमुग्ध बनाउन त्यति नै बढि मेहनत गर्नु पर्दछ । हाम्रो सानो कमजोरीले चलचित्र निर्माताको ठुलो  लगानी  डुब्न जान्छ त्यसका लागि हामी सदैव इमान्दार भएर काम गरिरहेका हुन्छौं । दर्शकहरुले हामीलाई माया र हौसलाप्रदान गरिदिनु होला भन्ने अनुरोध गर्न चाहान्छु  भने नवप्रवेशी साथीहरुलाई म के भन्न चाहान्छु  भने देखासिकिमा होइन सपना बोकेर ढाडस, प्रतिवद्धता बोकेर आउनु, भोली तपाईले नयाँ उचाइ छ । रहरले आएर वाध्यताले असफलता भै फर्कनु नपरोस् नयाँ सोच, संकल्प सहित प्रवेश ताकी तपाइको कर्मले नेपाली चलचित्रको प्रवर्धन हुनेछ । विश्वले तपाइको कलात्मकताको प्रशंसा सहित नतमस्तक भएर तपाइले निर्माण गरेका चलचित्रको तारिफ गर्नेछन र मंत्रमुग्ध रहने छन ।अन्तमा सम्बन्धित बिषयको ज्ञान हासिल गरेरै आउनुस् । बजगाईको कामले नेपाली चलचित्रको धार नै परिवर्तन ग¥यो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया