२०८२ भाद्र ७ | Aug 23, 2025

मुलुक अहिले गन्तव्यहीन दिशातर्फ

BusinessPati बिजनेस पाटी
|
२०७७ फाल्गुन २

– महेश

आचार्य
महेश आचार्य सुन्दर हरैचा  न. पा. मोरङका  नेकपाका एक स्थानीय जुझारु युवा नेता हुन । नेकपा पार्टीको जिम्मेवार  भिन्न- भिन्न भूमिकामा रहि काम गरेको उहाँ सँग थुप्रै अनुभव छ । तत्कालीन एमालेको  सरकार हुदा पार्टीका नेता उपप्रधान तथा अर्थमन्त्रीको रुपमा रहेका भरतमोहन अधिकारीको स्वकीय सचिवको रुपमा समेत उहाँले काम गर्नु  र भिन्न प्रकारको अनुभव ग्रहण गर्नु भएको थियो । राजनीतिकको अलवा उहाँ सहकारी अभियानमा पनि सहभागी हुनु हुन्छ । वहाँले राष्ट्रिय÷अन्तराष्ट्रिय रुपमा उद्ममशिल्ता विकाश लगाएको  तालिम  तथा  शिक्षा पनि लिनु  भएको छ । सहकारी तथा कृषि उद्यमशिलताको थुप्रै अनुभव ग्रह्ण गर्ने  वैकल्पिक उर्जा अन्तर्गतको बायो ग्यास क्षेत्र विज्ञका  रुपमा समेत चिनिनु हुन्छ  । यिनै आचार्यसँग देशको राजनीति, सहकारी र युवाको विषयमा टपटेन खवरका प्रतिनिधि  सँग गरिएको कुराकानीको सम्पादीत  अंश……


१.नेपाली राजनीतिलाई कसरी हेरिरहनु  भएको छ ?
मुलुक  अहिले गन्तव्यहिन दिशा तर्फ अघि वढेको अनुभुती गर्न सकिन्छ। राजनीतिमा त्यागसमपर्णको भावना नेतृत्वमा हुनुपर्थो, त्यो हुन सकेन । नेपाली जनताले नेकपालाई शान्ति, समृद्धि र सुशासनको लागि  ठूलो भरोसा गरेर दुई तिहाईको जनमत सहित सरकारमा पुर्याएको थियो  । तर सरकार सञ्चालन र पार्टी नेतृत्वमा रहने मुख्य व्यक्तिको अदुरदर्शिता, अकर्मण्यता र फासीवादी चरित्रले अहिलेको अवस्थाको सिर्जना भएको हो । अझ स्पष्ट रुपमा भन्नु  पर्दा प्रधानमन्त्री केपी शर्मा ओलीको मानसिक कमजोरीको  उपज  मुलुकको राजनीति संकटग्रस्त हुन पुगेको छ । हुनत अन्य नेताहरुमा पनि केहि कमजोरी होलन तर प्रधानमन्त्री अ‍ोलीलाई पार्टीले । दुइवटा महत्वपूर्ण जिम्मेवारी अध्यक्ष तथा सत्ता सञ्चालनको लागि दिइएको थियो । उनले सत्ता सञ्चालनको तौरतरिकारमा नीति प्रधान भन्दा व्यक्ति प्रधानको नीति अवलम्बन गरी आफ्ना नजिकका मान्छे तथा गुटले पार्टी तथा सत्ता कब्जा गर्न खोज्दा पार्टीको अवस्था लथालिङ्ग हुन पुगेको हो । पार्टीको मात्र होइन देशकै अवस्था अन्धकारमा रुमल्लिन पुगेको छ । जो नेपाली जनताका लागि  पिडादायीक कुरा हो ।


२.प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेको विषयलाई कसरी
हेरिरहनु  भएको छ ?

संविधान भन्दा बाहिर गएर प्रधानमन्त्री ओलीले पार्टीमा छलफल विनै संसद विघट्न गराएका छन् । यो काम न राजनीति हो । न संवैधानिक नै । यो त सत्ता, पद र शक्तिको लडाई हो । प्रधानमन्त्री ओली अहिले पनि आफुलाई  कम्युनिष्ट राष्ट्रवादी र विकासप्रेमी भएको  झुटो  भ्रम वेचिरहेका छन् । तर प्रधानमन्त्री खड्का प्रसाद ओलीमा एउटा संशोधनवादीमा हुनुपर्ने  तहको समेत व्यवहार, आचरण देखिदैन । देशको कानुन र संविधानलाई
समेत आफ्नो सनक र उट्पटयाङमा लतार्ने लफङगागिरी ओलीले देखाएका छन् ।प्रधानमन्त्री ओली आफुलाई सर्वशक्तिमान भएको ठान्छन् । सिद्धान्त, विधि, प्रक्रियासँग उनको कुनै साइनो छैन । नेकपाको मजबुती संगठनलाई आफ्नो स्वार्थको लागि लथालिङ्ग पार्ने जुन काम भयो, त्यो इतिहासमा कहिल्यै भेटिने छैन। प्रधानमन्त्री ओलीले संविधानमै व्यवस्था नभएको धारा प्रयोग गरी संसद विघटन गरेका छन् । यो विलकुलै अलोकतान्त्रिक हर्कत हो । ओलीले सार्वभौम संसद मात्र विघटन गरेनन् नेकपा समेत विभाजन गरेका छन् । दक्षिणपन्थी दिशामा अघि वढेका व्यक्तिलाई हामीले क्रान्तिकारी नेताको रुपमा मान्नु नै  भुल हो ।उनको यो कदमले मुलुकमा कालो दिनको सुरुवात गरेको छ । 


३. के प्रधानमन्त्री ओली क्रान्तिकारी कम्युनिष्ट भन्दा दक्षिणपन्थी हुन 
?

चटकी, हठी, गफाडी, सनकी, लहडी तथा अति महत्वाकाक्षी,  गैरजिम्मेवार, फाँसीवादी चरित्र वोकेका प्रधानमन्त्री आवरणमा एक नम्वर लोकतान्त्रिक नेतको रुपमा देखिन्छन भने सारमा उनी दक्षिणपन्थी नेता हुन । त्यतिमात्र होइन उनी आत्मकेन्द्रितनेता हुन । आत्मकेन्द्रित भन्नाले आफै मात्र ठिक अरु सब वैठिक भन्ने दृष्टिकोण बुझिन्छ । ओलीले आफुलाई  मदन भण्डारीको ‘बहुदलिय जनवाद’ को अनुयायी संझन्छन् । तर उनी सरकार र पार्टीमा समेत अल्पमतमा पर्दा आफु जसरी पनि पार्टी र सत्ता कब्जा गर्न चाहान्छन् ।  जुन कुरा बहुदलियजनवादको मर्म विपरित हो । पार्टीमा अल्पमतमा पर्दा राजीनामा दिएर मार्ग प्रशस्त गर्नुको साटो संसद भंग गर्न पुगेका छन् । यो जनाताको बहुदलिए जनबादको खिलापमा छ । केपी शर्मा ओलीले पार्टीको सचिवालयमा, स्थायी कमिटी, केन्द्रिय कमिटी, संसदीय दललगायतका सबै निकायमा बहुमत गुमाइ सकेपछी यात उनले बहुमत हासिल गर्ने प्रयन्न  गर्नुपथ्र्यो या त मार्गप्रशस्त  गर्नुपथ्र्यो त्यो दुवै नगरेर उनले विध्वंश र सर्वनाशको बाटो रोजे।जो नेपालको  कम्युनिष्ट आन्दोलनको एतिहासिक दुर्भाग्य साबित हुने छ । 

४.कलिकति प्रसङ्ग वदलौं, तपाई सहकारीको माध्यमबाट समृद्ध हुन  सकिन्छ
भन्ने विचार वोक्नु हुन्छ  । तपाई एउटा सहकारी अभियान  बुझेको मान्छे पनि
हुनु हुन्छ  । कस्तो छ सहकारी प्रति सरकारको नीति ?

तत्कालीन एमालेको शासनकालमा अर्थमन्त्री भरतमोहनको सकृयता र इच्क्षा शक्तीको कारण सरकारले तिन खम्बे अर्थात नीजि, सरकारी तथा सहकारीको अर्थनीति लिएको थियो ।तर यो अर्थनीतिलाई केपी ओली नेतृत्वको सरकारले कार्यन्वयन गर्न सकेन अथवाचाहेन । भन्ने प्रश्स्त आधरहरु छ्न ।दलाल तथा माफियाहरुलाई सहयोग पुग्ने गरी ठुला बंैकलाई खुकुलो  पार्ने अर्थनीति तथा वित्तिय नीति लिएको छ भने साना सहकारीहरुलाई संकुचन गर्ने प्रयास गरेको छ । यसरी मुलुकको समृद्धी  हुदैन । हिजो सहकारीमा वचत गर्ने विक्षेषकर्ताहरुलाई राम्रो व्याजदर दिएको थियो भने अहिले सरकारले कर्जा व्याजदरमा क्रमश घटाउँदै लाने नीतिले अव सहकारीमा निक्षेप कर्ताहरुलेवचत नगर्न सक्छ्न ।   अन्ततोगत्वा धेरै सहकारीहरु टाट पल्टिने अवस्था आउने देखिन्छ । पार्टीमा गलत मान्छेको नेतृत्व हुदा उनीहरुले लिएको दलाल पुजीवादी अर्थनीतिले गर्दा स्वाधीन अर्थतन्त्र कमजोर हुन गएको झै बुझिन्छ ।  वैदेशिक ऋण दिन प्रतिदिन नेपाली जनताको टाउकोमा थपिदै गएको छ ।  यो आफैमा दुर्भाग्यपूर्ण छ । 


५.सरकारले अहिले कृषिमा वैदेशिक लगानी खुल्ला गरेको छ । यो हाम्रो हितमा
छ कि छैन ?

यो नेकपाको नीति भन्दा सरकार प्रमुख केपी शर्मा ओलीले लादेको नीति हो । यो अमेरिका एमसीसी परियोजना भन्दा खतरनाक  झै लागेको छ । यसले हाम्रो साना तथा मझौला घरेलु  उद्योग तथा आम किसानहरुलाई ध्वस्त पार्छ । कृषिमा लगानी गर्न हामीसँग प्रशस्त पैसा छ । अहिले पनि सरकारले ६ महिना वितिसक्दा पुजीखर्च खर्च १५ प्रतिशत भन्दा वढी खर्च गर्न सकेको छैन । हामीले आफु गर्न नसक्ने   ठुला परियोजना जस्तै जलविद्युत,  पूर्वाधार विकास, पर्यटन क्षेत्रमा वैदेशिक लगानी खुल्ला  गर्न  स्वभाविक हो । तर कृषि क्षेत्रमा वैदेशिक लगानी कदापी खुल्ला गर्नु हुँदैन  । सर्वोच्च अदालतले पनि सरकारको यो नीतिलाई खारेज गरेको छ ।तर सरकार आफ्नो ढंगले अघि बढेको छ । यो  कुराको हामीले सजिलै समर्थन गर्नु हुँदैन । 


६.मुलुक अहिले रेमिट्यान्सको भरमा चलेको छ । रेमिट्यान्स अर्थतन्त्रले देश
चलाउने कुरा  कतिको जायज हो ?

सरकारले ५ वर्षभित्र युवालाई कामको लागि विदेश जानु नपर्ने नीति वनाएको छ । तर त्यो नीति कार्यन्वयन हुन सकेको छैन । अहिले पनि अर्थतन्त्रमा २८ प्रतिशतयोगदान रेमिट्यान्सको छ । तर त्यो रेमिट्यान्स उत्पादनमूलक काममा लगाउन सकिएको छैन ।  रेमिट्यान्सबाट प्राप्त रकम उपभोगमै सिद्धिएको छ ।
युवाको  खुन र पसिनासँग साटेको रेमिट्यान्सले देश चलाउने कुरा दीर्घकालीनको लागि कदापी राम्रो  हुदैन । यो अल्पकालिन उपाय मात्र हो । युवा निर्यात होइन  बस्तु  तथा सेवा निर्यात गरेर मात्र मुलुक समृद्ध मुलुक हुन्छ । हामीले आफ्नो जमिन बाँझो राखेर विदेशबाटै आएको कृषि जन्य बस्तुको  उपभोग गरेर कदापी हामी समृद्ध वन्न सक्दैनौ । हिजोको दिनमा हामीले धान चामल तथा अन्य कृषिजन्य बस्तु  निर्यात गरी विदेशी मुद्रा आर्जन गन्थौं तर आज कृषिजन्य बस्तुको आयात डरलाग्दो छ । आर्थिक वर्ष २०७७/७८ को ६ महिनामा मात्र हामीले १ खर्ब ३० अर्बको कृषिजन्य बस्तु आयात गरेका छौ । अझ कृषिमा वैदेशिक लगानी खुल्ला गर्ने हो भने  कृषी क्षेत्रको दुरगतिको हिसाब सायद राख्न नसकिएला ।


७.अन्त्यमा केहि भन्न चाहनु हुन्छ ?
संसदीय शासन व्यवस्थामा वहुमत प्राप्त पार्टीले देश चलाउने हो । पार्टीमा नेतृत्व चयन गर्दा जिम्मेवारी वहन गर्न सक्ने व्यक्तिहरुलाई चयन गर्नु  पर्छ । सरकार पार्टीको नियन्त्रणमा रहनु पर्छ । सरकार चलाउने व्यक्तिहरुले पार्टीको सिद्धान्त, विधि प्रक्रिया अनुसार चल्नु पर्छ । विधि, प्रक्रिया अनुसार नचल्ने व्यीक्तहरुलाई पार्टीले कारवाही गर्न सक्नु पर्छ । व्यक्ति प्रधान होइन नीति प्रधान  हुनु पर्छ ।  आज नीति प्रधान नभएर व्यक्ति प्रधान भएकोले अहिलेको संकट सिर्जना  हुन पुगेको मुलुकले यसको महँगो मुल्य चुकाउने छ । 

फेसबुकबाट तपाईको प्रतिक्रिया