२०८२ भाद्र ७ | Aug 23, 2025

नेपालले शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित

BusinessPati बिजनेस पाटी
|
२०७८ बैशाख ४

४ वैशाख, काठमाडौं । ओपनरद्धय कुशल भुर्तेल र आसिफ शेखको कीर्तिमानी ब्याटिङसँगै नेपालले त्रिकोणात्मक सिरिजमा सुखद सुरुवात गरेको छ ।

नेपालले शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको हो। 

नेदरल्यान्ड्सले दिएको १३७ रनको लक्ष्य नेपालले १ विकेटको क्षतिमा १५ ओभरमा पूरा गर्‍यो।

नेपालको जितमा आसिफ शेखले नटआउट ५४ रन जोडे। उनले ३८ बलमा ४ चौका र ४ छक्का प्रहार गरे। 

त्रिवि क्रिकेट मैदानमा १३७ रनको लक्ष्य पाएको नेपालको सुरुवात उत्कृष्ट रहृयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया