२०८२ भाद्र ७ | Aug 23, 2025

लोक सेवा आयोगको पहिलो राष्ट्रिय सम्मेलन सुरु

BusinessPati बिजनेस पाटी
|
२०७७ फाल्गुन २३

काठमाडौं -लोक सेवा आयोगहरुको पहिलो राष्ट्रिय सम्मेलन आइतबारबाट सुरु भएको छ । केन्द्रीय लोक सेवा आयोगको आयोजनामा काभ्रेको धुलिखेलस्थित एक होटलमा आयोजित सम्मेलन दुई दिनसम्म चल्ने छ ।

सम्मेलनमा प्रदेश लोक सेवा आयोगहरुबाट पाँच-पाँच जनाको प्रतिनिधित्व छ । गण्डकी र सुदूरपश्चिम प्रदेशबाहेक सबै प्रदेशमा लोक सेवा आयोग गठन भइसकेको छ ।

राष्ट्रिय सम्मेलनमा प्रदेश र केन्द्रीय लोक सेवा आयोगसमेत गरी करिब ५० जनाको सहभागिता छ ।

सम्मेलनमा केन्द्रीय लोक सेवा आयोग र प्रदेश लोक सेवा आयोगहरुबाट विभिन्न कार्यपत्रहरु प्रस्तुत हुने केन्द्रीय लोक सेवा आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिए । सम्मेलनको उपलब्धि सोमबार धुलिखेलमै पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया