२०८२ फाल्गुन ६ | Feb 18, 2026

२४ घन्टामा देशभर १ हजार ९६ जना कोरोना भाइरसका नयाँ संक्रमित भेटिए

BusinessPati बिजनेस पाटी
|
२०७८ बैशाख ५
|
408 views

२४ घन्टामा देशभर १ हजार ९६ जना कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छन्।

कुल ५ हजार ८४ जनाको पिसिआर र ६९९ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार ९६ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले बताए।  

संक्रमितमध्ये काठमाडौं जिल्लामा ३२६, ललितपुरमा ६४ ,भक्तपुरमा ४५ र जना गरी उपत्यकामा ४३५ संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ८४ हजार ७४२ पुगेको जनाएको छ। पछिल्लो चौबीस घण्टामा २६२ जना सङ्क्रमित निको भएर घर फर्केका छन्। हालसम्म दुई लाख ७५ हजार तीनसय जना सङ्क्रमित निको भएका छन्।

मन्त्रालयका अनुसार नेपालमा हाल ६ हजार २९० जनामा भाइरसको सङ्क्रमण सक्रिय छ। ८५ जना हाल क्वारेन्टिनमा छन्। पछिल्लो २४ घन्टामा देशभर ८ जनाले कोरोनाकै कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया