|
|
२०७८ बैशाख ४
510 views
ललितपुर - नेकपा एमालेका नेता डा भीम रावलले पार्टीको स्वाधीनता र एकताका लागि ह्वीप उल्लंघन गरेको बताएका छन्। शनिबार धनगढीमा आयोजित नेपाल उत्पीडित जातीय मुक्ति समाजको प्रदेशस्तरीय भेलामा बोल्दै डा रावलले कर्णाली प्रदेशमा एमालेका प्रदेश सांसदहरूले आफ्नो स्वार्थका लागि ह्वीप उल्लंघन नगरेको बताएका हुन्।
उनले भने, ‘आवश्यक परे सुदूरपश्चिममा पनि यस्तो कदम चल्न सक्छ। यो कदम देशभर पनि हुन सक्छ। कार्यकर्तालाई मनपरी निकाल्न खोज्यो भने यस्तो कदम चाल्न सक्छौं।’
कर्णालीमा मुख्यमन्त्रीलाई प्रधानमन्त्री केपी ओलीले प्रमुख सतेचक हटाउने वा राख्ने विषयमा एकलौटी निर्देशन दिँदै पत्र पठाएदेखि नै यसको बिउ रोपिएको उनले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया