ग्राण्ड ग्रामर कल्चरल प्रोग्राम सम्पन्न

BusinessPati बिजनेस पाटी
|
२०८० पुष १७
|
561 views

ललितपुर - काठमाडौं १७ पुस २०८०-राजधानीमा १९ औँ ग्राण्ड ग्रामर कल्चरल प्रोग्राम सम्पन्न भएको छ । ग्रामर स्कुल तथा कलेजको आयोजनामा कमलादीस्थित प्रज्ञा प्रतिष्ठान परिसरमा १९ औँ ग्राण्ड ग्रामर कल्चरल प्रोग्राम सम्पन्न भएको हो । प्सल टु र स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुको सहभागितामा कलेजले सो साँस्कृतिक कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा विद्यार्थीहरुले कथा, कविता वाचन, साँस्कृतिक झाँकी, विभिन्न भेषभुषा र गरगहनाको प्रदर्शनी, उद्घोषण, नृत्य, गायन लगायतका प्रतिभा प्रस्तुत गरेका थिए । विद्यार्थीलाई अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्न अवसर सिर्जना गर्ने सँगै उनीहरुलाई नेपाली मौलिक कला सँस्कृतिसँग जोड्ने उदेश्य अनुरुप झण्डै दुई दशकदेखि कार्यक्रमको आयोजना गर्दै आएको कलेजका संस्थापक निर्देशक दिलेन्द्र कुमार राईले बताए । विद्यार्थीकै नेतृत्वमा आयोजना भएका यस प्रकारका कार्यक्रमले उनीहरुको वैयक्तिक क्षमता, सञ्चार र नेतृत्व विकास जस्ता सीप अभिबृद्धिमा समेत सघाउ पुग्ने निर्देशक राईको भनाई छ । कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट सयभन्दा बढि विद्यार्थी सम्मानित भएका थिए । कलेजले हरेक वर्ष ग्राण्ड ग्रामर कल्चरल प्रोग्राम आयोजना गर्दै आएको छ ।

 पात्रो/राशिफल  रेडियो VIDEO YouTube