२०८२ भाद्र १७ | Sep 02, 2025

‘तपस्वी’ राम बहादुर बम्जन पक्राउ

BusinessPati बिजनेस पाटी
|
२०८० पुष २४
|
102 views

काठमाडौँ २४ पुस २०८०।

प्रहरीले ‘तपस्वी’ राम बहादुर बम्जनलाई पक्राउ गरेको छ । उनी काठमाडौँ बुढानिलकण्ठबाट पक्राउ परेका हुन् । बाराको हलखोरिया जंगलमा तपस्या गरेर चर्चा कमाएका बम्जनलाई केन्द्रिय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको प्रहरी प्रधान कार्यालयका उच्च अधिकृतले बताए ।
बम्जनको आश्रमबाट आनि सहित ४ जना सम्पर्कविहीन भएको उजुरी परेपछि प्रहरीले लामो समयदेखि उनलाई खोजी रहेको थियो ।
बम्जनको सिन्धुपाल्चोक इन्द्रवती गाउँपालिका स्थित बाँडेगाउँ र सिन्धुलीको आश्रममा यसअघि छापा मारेको थियो । उनीमाथि यौन शोषण, बलात्कार र आनीहरूलाई बेपत्ता बनाएको आरोप लागेको थियो। उनीविरूद्ध पाँच परिवारले उजुरी दिएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Advertisement