२०८२ भाद्र १७ | Sep 02, 2025

पञ्चकन्या माई हाइड्रोपावरको साधारणसभा सम्पन्न

BusinessPati बिजनेस पाटी
|
२०८० पुष २६
|
51 views

काठमाण्डौ २६ पौष २०८० ।

पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको सातौं र आठौं वार्षिक साधारणसभा अध्यक्ष प्रेम बहादुर श्रेष्ठको अध्यक्षतामा ०८० पौष २४ गते कोपुण्डोल, ललितपुरमा सम्पन्न भएको छ । संस्थापक शेयर सदस्य, सर्व साधारण शेयर सदस्य, कम्पनीका कर्मचारी, पत्रकारहरु तथा शुभचिन्तकहरुको उल्लेख्य उपस्थिति रहेको उक्त सभाबाट सर्वसाधारण शेयरधनी (समुह ख) को तर्फबाट प्रतिनिधित्व गर्ने १ जना संचालक र स्वतन्त्र संचालक १ जनाको निर्वाचन तथा मनोनयन कार्यक्रम रहेकोमा सर्वसाधारण शेयरधनीको तर्फबाट सनिल पक्का र स्वतन्त्र संचालकमा बरदान गिरी निर्वाचित तथा मनोनय गरी नयाँ कार्य समितिको गठन गरिएको थियो ।
साथै कार्यक्रममा कम्पनीको आय व्यय विवरण, नाफा नोक्सानको वासलात, वार्षिक प्रतिवेदन र भावी कार्यव्रmम प्रस्तुत गरिएको थियो । उक्त कार्यव्रmममा कम्पनीका सञ्चालकज्यू र शेयर सदस्यहरुबाट मन्तव्य तथा सञ्चालक तथा शेयर सदस्यबीच गहन अन्तकृया समेत भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Advertisement