‘कृषिमा आधुनिकीकरण गर्न सके हामी भोकमारी र गरीवीबाट मुक्त हुन सक्छौं’: अध्यक्ष उप्रेती

BusinessPati बिजनेस पाटी
|
२०८० पुष २८
|
255 views

ललितपुर - काठमाडौं,२८पुस २०८०।

राष्ट्रिय खाद्य बैंक लिमिटेडको तेश्रो बार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।

सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यमा शंखमुलस्थित एल दरबार भेन्युमा एक समारोहबीच साधारण सभा सम्पन्न भएको हो । “पोषिलो आहारको लागि दिगो कृषि उत्पादन, हाम्रो अभियान” भन्ने नाराका साथ स्थापना भएको खाद्य बैंकका अध्यक्ष शंकरनाथ उप्रेतीको अध्यक्षता सम्पन्न साधारणसभालाई सम्पर्क समन्वय बिभाग प्रमुख हरिकृष्ण दाहालले संचालन गरेका थिए । संचालक सदस्य रामशरण देउजाले स्वागत मन्तव्य दिएका थिए । नेपाली रैथाने विउ विजनहरुको संरक्षण गर्दै रैथाने खाद्यन्नहरु किसानको आलीदेखि उपभोक्ताको थालीसम्म पु¥याउने उद्देश्यका साथ स्थापना भएको यो बैंक आफ्नो यात्रामा अघि बढिरहेको छ ।

साधारणसभामा सेयर सदस्य, कृषिजन्य उत्पादनमा रहेका रैथाने बाली प्रवर्द्धनमा सक्रिय व्यक्ति, संघ(संस्थाहरु, शुभचिन्तक, पत्रकार, समाजसेवी तथा बैंकसँग सम्बन्धित व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

बैंक २०७७ सालमा स्थापना भएको हो । बैंकका अध्यक्ष उप्रेतीले कृषिमा परनिर्भरता घटाउँदै प्राङ्गारिक उत्पादनमा जोड दिने उद्देश्यका साथ बैंक स्थापना गरिएको जानकारी दिए । उनका अनुसार निजि क्षेत्रबाट खोलिएको २ अर्ब रुपैयाँ लगानीमा बैंक स्थापना गरिएको हो ।

अध्यक्ष उप्रेतीका अनुसार राष्ट्रिय खाद्य बैंक लिमिटेड, नेपालमा उत्पादन भएका कृषिजन्य उत्पादनलाई ब्रान्डिङ्ग, भण्डारण र बजारीकरण गर्ने पबित्र उदेश्य लिएर स्थापना भएको हो । बैंकमार्फत २ लाखभन्दा बढी किसान प्रतक्ष्य उत्पादनसँग जोडिएका छन् । बैंकले किसानका धान, गहुँ, मकै, तरकारी तथा फलफूल, केरा, दहिदुध, माछा, मासु, अण्डा, जडीबुटी, चिया, कफी, उखु लगायतको उत्पादन तथा व्यापार गरिरहेको छ ।

प्राङ्गारिक मल उद्योगहरु संचालनमा ल्याउने, बिउ बिजन भण्डार आफैले संचालनमा ल्याउने, कृषि कलेज संचालनमा ल्याउने, दक्ष जनशक्ति उत्पादन खाद्य बैंक आफैले तयार गरि गतिबिधिहरु अगाडी बढाउने, देशलाई खाद्यान्नमा आत्मनिर्भर गरि बढी भहेको खाद्यान्नहरु विदेशमा बिक्रि वितरण गर्ने, कृषिलाई औद्योगिकरणमा लैजाने, कृषिसँग सम्बन्धित उद्योगहरुलाई संचालनमा ल्याउने, कृषिमा चाहिने मेशिनरी औजारहरु आफ्नै देशमा बन्न सक्ने जति निर्माण गर्ने गराउने, देशलाई समृद्धि बनाउने, किसानलाई धनी बनाउदै देशलाई आत्मनिर्भर गराउने, अर्गानिक वा प्राकृतिक खानेकुराहरु उत्पादन गर्ने बैंकको दीर्घकालीन योजना रहेको छ ।

 पात्रो/राशिफल  रेडियो VIDEO YouTube