२०८२ फाल्गुन ६ | Feb 18, 2026

बर्लिनका गोल्डेन बेयर विजेता प्रोफेसर शिए फेइ निफको प्रमुख निर्णायक

BusinessPati बिजनेस पाटी
|
२०८० माघ २१
|
408 views

काठमाण्डौ २१ माघ २०८०-दुई दुई पटक बर्लिन फिल्म फेस्टिभलमा अवार्ड जित्ने चाइनिज फिल्म निर्देसक तथा प्रोफेसर शिए फेइ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ९निफ०को फिचर फिल्म प्रतिस्पर्धा तर्फ प्रमुख निर्णायकको रुपमा नेपाल आउने भएका छन् ।महोत्सव अध्यक्ष केपी पाठकले शिए फेइले निर्णायकको भूमिकासँगै फिल्म लेखन निर्देशनसम्बन्धी मास्टरक्लास पनि दिने तय भएको जानकारी गराएका छन् । मास्टर क्लासअघि उनको अन्तिम निर्देशन रहेको चलचित्र ‘सङ अफ तिब्बत’ देखाइने अध्यक्ष पाठकले बताए ।

बेइजिङ फिल्म एकेडेमीबाट निर्देशनमा स्नातक गरेका शिए फेइ ले सन् १९९० मा निर्देशन गरेको ‘ब्ल्याक स्नो’ ले बर्लिनको दोस्रो ठूलो अवार्ड सिल्भर लाइन जितेको थियो भने यसको तीन वर्षपछि उनैले निर्देशन गरेको ‘ वुमन सिसम ओइलमेकर’ले बर्लिनको मुख्य अवार्ड गोल्डेन बेयर जितेको थियो । सन् २००० मा ‘सङ अफ तिब्बत’ निर्देशन गरेयता उनले कुनै पनि फिल्म निर्देशन गरेका छैनन् ।

बेइजिङ फिल्म एकेडेमीका पूर्व उपाध्यक्ष समेत रहेका शिए फेइ सन् १९८० देखि निरन्तर प्राध्यापनमा संलग्न छन् । अहिले विश्व सिनेमामा नाम बनाएका चेन काई, तिआन् झाङझुङ, झाङ यिमाऊ, जिया जाङके शिए फेइ कै विद्यार्थी हुन् ।

८० वर्षको उमेर पार गरेका शिए फेइ अहिले पनि नयाँ पुस्ताका चलचित्रकर्मीका लागि आर्ट कन्सल्टेन्टको रुपमा काम गर्छन् ।

यस वर्षको संस्करणमा ४० देशका ८८ वटा लामा, छोटा तथा वृत्तचित्र प्रदर्शन हुनेछन् । प्रतिस्पर्धामा रहेका फिल्मको प्रदर्शनसँगै महोत्सव अवधिभर फिल्म निर्माणका विभिन्न विधासँग सम्बन्धित रहेर कार्यशाला, छलफल र अन्तक्र्रियाका कार्यक्रम पनि आयोजना गरिने पनि आयोजकले जनाएको छ ।महोत्सव आगामी चैत १ देखि ५ सम्म काठमाडौँमा आयोजना हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया