२०८२ फाल्गुन ६ | Feb 18, 2026

जनआकाशकर्मी बिडारी ‘धम्मवती गौरव’ पदकका निम्ति चयन

BusinessPati बिजनेस पाटी
|
२०८१ बैशाख ९
|
306 views

काठमाडौँ ९ वैशाख २०८१
जनआकाशकर्मी जयराम बिडारी धम्मवति गौरव पदक–२०८१ का निम्ति चयन गरिएका छन् ।

थेरवाद बौद्ध धर्मकी शिखर व्यक्तित्व श्रद्धेय धम्मवती गुरुमाको योगदानलाई देशदेशान्तर फैलाउने कर्ममा अतुलनीय भूमिका निर्वाह गरेको सम्यक सन्देशले यही वैशाख १५ गते शनिवार, नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजना हुने धम्मवती वीरता महोत्सवमा तीन दर्जन बेसी समाजका विभिन्न क्षेत्रमा योगदान गर्ने विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गर्न लागेको हो ।

महोत्सवलाई गरिमामय उचाइ प्रदान गर्नका निम्ति असाधारण योगदान गर्ने व्यक्तित्वहरूलाई धम्मवती गौरव पदक–२०८१ प्रदान गरिने सम्यक सन्देशका दीपक भेटुवालले जनआकाश मिडियासँगको कुराकानीमा बताए ।

सम्मानित हुने अन्य व्यक्तित्वहरूमा सञ्चारकर्मी माधव घिमिरे ‘अटल’ कुमार रन्जित, नियात्राकार घनश्याम राजकर्णिकार, साहित्यकार तथा अधिवक्ता गङ्गाप्रसाद भेटवाल, आख्यानकार जलेश्वरी श्रेष्ठ, भिक्षु उपतिस्स महास्थविर, सुपरिचित सञ्चारकर्मी सुरेशकिरण मानन्धर, साहित्यकार तथा समाजसेवी वसन्त रिजाललगायत साढे तीन दर्जन विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तित्वहरूलाई सम्मानित गरिने भेटुवालले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया