२०८२ फाल्गुन ६ | Feb 18, 2026

सूर्यज्योतिको अभिकर्ता प्रोडक्ट एम्बास्डर अभियान प्रभावकारी बन्दै

BusinessPati बिजनेस पाटी
|
२०८१ बैशाख १४
|
306 views

काठमाडौँ १४ वैशाख २०८१- सूर्यज्योतिसँग आवद्ध मापदण्ड पुरा गरेका देशैभरिका अभिकर्ताहरू मध्येबाट एक वर्षका लागि कम्पनीले प्रोडक्ट एम्बास्डर बनाउदै आएको छ । प्रोडक्ट एम्बास्डर भएका व्यक्तित्वहरुको फोटो राखी कम्पनीको बिज्ञापन समाग्री हरु कम्पनीले प्रयोग गर्ने विभिन्न संचार माध्यमहरू तथा सामाजिक संजाल मार्फत देश व्यापी रुपमा प्रचार –प्रशार गर्नुका साथै कम्पनीका देशै भरि रहेका शाखा कार्यालयहरुको बिशेष स्थानमा उनीहरुको फोटो अंकित व्यानर, बिज्ञापन बोर्ड, फ्लायर, लिफलेट तथा पम्पलेट राखी कम्पनीको प्रचार प्रसार गर्ने गरिएको छ ।
कम्पनीले गरेको यो नीतिले अभिकर्ताहरुको मान–सम्मान, इज्जत एबं प्रतिष्ठामा वृद्धि हुने, समाजमा उनिहरु प्रतिको विश्वसनियता बढ्ने, ब्यवसाय तथा वृत्ति विकासमा टेवा पुग्ने र आम्दानीमा समेत उल्लेखनिय वृद्धि हुने भएकाले कम्पनीमा आवद्ध सबै अभिकर्ताहरु माझ यो अभियान उत्कृष्ट र लोकप्रिय भएको हो । यो किसिमको सम्मानले सम्बन्धित विजेता एवं समस्त अभिकर्ताहरुको व्यवसायिक मनोवलमा बृद्धि भई सकारात्मक प्रतिस्पर्धाको वातावरण श्रृजना भएको हो ।
चालु आ.व. मा यस कम्पनीका बुटवल–पाल्पा रोड शाखाका कमल प्रसाद घिमिरे, कोहलपुर शाखाका गौरव कुमार शाही तथा महाराजगंज शाखाका सृजना पन्तले क्रमशः चौरासी पुजा जीवन बीमा योजना, सुरक्षित भविश्य जीवन बीमा योजना र सावधिक जीवन बीमा योजनाका लागि एचयमगअत ब्mदबककबमयच को उपाधि प्राप्त गर्न सफल भइसकेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया