२०८२ चैत्र २२ | Apr 05, 2026

प्रभु बैंकका ग्राहकलाई गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टरमा विशेष छुट

BusinessPati बिजनेस पाटी
|
२०८१ बैशाख २५
|
357 views

काठमाडौं २५ बैशाख २०८१।

ललितपुर १ महालक्ष्मिस्थानस्थित गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर (GSMHRC) र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

एक समारोहबीच सेन्टरका अध्यक्ष दीपकप्रकाश बास्कोटा र प्रभु बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत रवीन्द्र ढकाल समझदारी पत्रमा हस्ताक्षर गरे । सम्झौताअनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहक, कार्ड प्रयोगकर्ता, कर्मचारी तथा कर्मचारीका परिवारजनले गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टरमा उपचार सेवा लिँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपीडी टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी र दन्त चिकित्सालयलगायतका सेवामा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

निजी क्षेत्रबाट सञ्चालित अग्रणी स्वास्थ्य सेवा प्रदायक गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टरले केही दशकदेखि निरन्तर स्तरिय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको र एकै छानामुनी आकस्मिक उपचार देखि सघन उपचार अनि पेन मेडिसिन लगायत उपलब्ध गराउँदै आएको उक्त सम्झदता समारोहमा जानकारी दिइयो । सेन्टरमा विभिन्न स्वास्थ्य परीक्षण प्याकेजमार्फत नियमित स्वास्थ्य परीक्षण, परामर्श तथा उपचार सेवाको पनि व्यवस्था छ ।

ग्राहकको रोजाइको अग्रणी बैंकको रूपमा रहेको साथै ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०२ शाखा, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत् ३१ लाखभन्दा बढी ग्राहकहरूलाई ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको बैंकले जनाएको छ ।

समारोहमा प्रभु बैंकका बजार व्यवस्थापक सविन राणा, दीना चित्रकार तथा गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टरका व्यापार प्रवर्द्धन व्यवस्थापकको समेत उपस्थिति थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया