५ लाख भूमिहीन परिवारलाई लालपूर्जा दिइने

BusinessPati बिजनेस पाटी
|
२०८१ जेष्ठ १५
|
306 views

ललितपुर - काठमाडौँ  १५ जेठ २०८१।

सरकारले ५ लाख भूमिहीन परिवारलाई लालपूर्जा दिने घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनले भूमि आयोगमार्फत थप ५ लाख परिवारलाई लालपूर्जा दिने बताए ।

      सरकारले भूमि प्रशासनलाई डिजिटलाइज्ड गर्ने घोषणा गरेको छ । मालपोत कार्यालयमा जग्गाको रोक्का र फुकुवाका लागि अनलाईन प्रणाली शुरु गर्ने घोषणा गरेको हो ।

      अहिलेसम्म जग्गा रोक्का र फुकुवाका लागि सम्बन्धित जग्गाधनी र रोक्का गर्नेहरु मालपोत कार्यालयमा पुग्नुपर्ने व्यवस्था थियो । अब भने अनलाईनबाटै जग्गा रोक्का र फुकुवा गर्ने सरकारको घोषणा हो ।

       पात्रो/राशिफल  रेडियो YouTube