कविता बाचन गर्दै कवि गोपालप्रसाद रिमालको १०७औं जन्मजयन्ती मनाइयो

BusinessPati बिजनेस पाटी
|
२०८१ जेष्ठ १९
|
510 views

ललितपुर - काठमाण्डौ १९ जेठ २०८१

नेपाली साहित्यका नक्षत्र कवि गोपालप्रसाद रिमालको १०७औं जन्मजयन्तीका अवसरमा शुक्रबार साहित्यिक पत्रिका श्रृङ्खला मासिकको तत्वावधानमा एक कार्यक्रमको आयोजना गरी कवि श्याम रिमालको नयाँ कविता सङ्ग्रह “चमेरोको” लोकार्पण सम्पन्न भएको छ। काठमाडौंको भृकुटीमण्डपस्थित सार्वजनिक पुस्तकालयमा सम्पन्न सो कार्यक्रममा विभिन्न कविद्वारा कविता वाचन तथा नेपाली साहित्यमा कवि गोपालप्रसाद रिमालको योगदानको चर्चा भएको थियो ।

लेखक तथा पत्रकार शिव श्रेष्ठले सम्पूर्ण अतिथिलाई स्वागत मन्तब्य मार्फत स्वागत गर्नुभएकाे थियाे। उक्त अवसरमा वरिष्ठ साहित्यिक पत्रकार प्रवीण जोशीले कवि रिमालको क्रान्तिकारी जीवनशैलीको वारेमा प्रकाश पार्नुभएको थियो भने समालोचक दीपेन्द्र अधिकारीले लोकार्पित कविताकृति ”चमेरो “ माथि सारगर्भित समीक्षात्मक मन्तव्य राख्नु भएको थियो ।

कवि तथा पत्रकार श्याम रिमालले सञ्चालन गरेको उक्त कार्यक्रममा कविहरू कृष्ण बाउसे, दिव्य गिरी, शिव अधिकारी ईलामे जेठो, प्रमोद स्नेही, राममणि सिटौला लगायतको सहभागिता रहेको थियो । यस्तो महत्वपूर्ण कार्यक्रममा कृष्ण बाउसे अतिथिको आसनबाट क्रान्तिकारी कवि गोपाप्रसाद रिमालको तस्वीरमा पुष्पार्पण गर्ने, मन्तव्य राख्ने र आफ्नो कविता वाचन गर्ने अवसर प्रदान गरिएको थियाे।

कार्यक्रमको दोस्रो चरणको कार्यक्रममा विभिन्न कविले रचना वाचन गरेको थियो । कवि दिप्य गीरी, धर्ती चन्द्र यात्री, इलामे जेठो, कृष्ण बाउसे, तिर्थ भट्टराई, राममणि सिटौला, अमर आकाश, प्रमोद स्नेही, गोपालकुमार मैनाली, लालबहादुर भुजेल, कृष्णमोहन जोशी, टेकेन्द्र थापालगायतले कविता वाचन गरेको थियो । अन्त्यमा, आयोजक संस्था, प्रवीण जोशी तथा श्याम रिमालप्रति हार्दिक आभार प्रकट गरियाे ।

 पात्रो/राशिफल  रेडियो YouTube