२०८२ भाद्र ६ | Aug 22, 2025

हिमालयन बैंकको त्रिपुरेश्वर शाखालाई स्थानान्तरण ,थापाथलीबाट सेवा प्रदान गर्ने

BusinessPati बिजनेस पाटी
|
२०८१ असार ३

काठमाडौं ०३ असार २०८१- हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएका शाखा सञ्जालहरु मध्ये त्रिपुरेश्वर शाखालाई स्थानान्तरण गरी काठमााडौँ महानगरपालिका वडा नं ११, थापाथलीबाट आषाढ २ गते देखि थापाथली शाखाको नामबाट सम्पूर्ण बंैकिङ्क सेवा प्रदान गर्ने गरी संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणाले बंैकका अन्य कर्मचारीहरुको उपस्थितिमा गर्नुभएको हो ।


यसैगरी बैंकले नारायणगढ शाखालाई पनि स्थानान्तरण गरी भरतपुर महानगरपालिका वडा नं १ मेन रोड नारायणगढबाट आषाढ २ गते देखि मेन रोड शाखा, नारायणगढको नामबाट सम्पूर्ण बंैकिङ्क सेवा प्रदान गर्ने गरी संचालनमा ल्याएको छ ।हाल बैंकले नेपाल भरी फैलिएका १७४ शाखा, २० विस्तारित काउन्टर, २६४ ATM, ६,५०० भन्दा बढी POS Terminalsर १७,००० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न बंैकिङ्क सेवा प्रदान गर्दै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया