२०८२ भाद्र ७ | Aug 23, 2025

डा भेषबहादुर थापा ‘हेम बहादुर मल्ल सम्मान’ पुरस्कारबाट सम्मानित

BusinessPati बिजनेस पाटी
|
२०८१ श्रावण २४

काठमाण्डौ २४ साउन २०८१

हेमबाहदुर मल्ल सम्मान वरिष्ठ कूटनीतिज्ञ र प्रशासनविद्, पूर्वमन्त्री डा. भेषबहादुर थापालाई अर्पण गरिएको छ । बुधबार नेपाल जनप्रशासन संघ र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडद्वारा काठमाडौँको र्‍याडिसन होटेलमा आयोजित हेमबहादुर मल्ल सम्मान अर्पण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले हेम बहादुर मल्ल सम्मान २०७९ बाट डा. भेष बहादुर थापालाई सम्मानित गर्नुभएको हो । सम्मान कार्यक्रममा डा. भेष बहादुर थापालाई प्रमाणपत्र र नगद दुई लाख रूपैयाँ अर्पण गरिएको थियो । राष्टपतीले राष्टका लागि अथक योगदान पुर्याएका डा थापालाई सम्मान गरेकोमा आयोजकलाई धन्यवाद दिनु भएको थियो ।

थापा राष्ट्रिय योजना आयोगका पुर्व सचिव, नेपाल राष्ट्र बैंकको पुर्व गभर्नर, पुर्व अर्थ सचिव, पुर्व परराष्ट्र सचिव, अमेरिका र भारत लगायतका देशका पुर्व राजदुत हुन। उनी कुशल प्रशासक, अर्थविद,योजनाविद, कुटनैतिक क्षेत्रका समेत ज्ञाता र विद्वान व्यक्ति मानिन्छन् । पुरस्कार पाइसकेपछि डा थापाले बोल्ने क्रममा आफुलाई यो हदको सम्मान र पुरस्कार प्रास्त हुने कल्पना पनि नगरेको र पुरस्कारबाट अत्यन्तै उत्साहित, हर्षित मात्र नभएर जिवन नै सार्थक भएको अनुभव गरेको बताउनु भयो ।

यो सम्मान पुरस्कारबाट अहिलेसम्म त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा, पर्यटन व्यवसायी चाँदनी जोशी, मुटु रोग चिकित्सक डा. भगवान कोइराला, पर्वू मुख्यसचिव बिमल कोइराला, महाविर पुन, पुर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल, पुर्व सभामुख दमननाथ ढुंगाना, काठमाडौँ विश्वविद्यालयका पूर्व उपकुलपति सुरेशराज शर्मा, पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मी, पुर्व गृह सचिव तथा लोक सेवा आयोगका पुर्व अध्यक्ष उमेश मैनाली, पुर्व मुख्यसचिव दामोदर गौतम, पुर्व मन्त्री डा. देवेन्द्रराज पाण्डे, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, डा. सन्दुक रूइत, चिकित्सक डा. गौरी शंकरलाल दास,पुर्व सचिव गोरक्ष बहादुर न्हुन्च्छे प्रधान र पुर्व अर्थ सचिव तथा महालेखा परिक्षक भानुप्रसाद आचार्य लगायतका विशिष्ठ व्याक्तिहरू सम्मानित भइसकेका छन् ।

२०४७ सालमा स्थापना भएको जनप्रशासन संघले ख्यातिप्राप्त प्रशासक एवं व्यवस्थापक स्व. हेम बहादुर मल्लले साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको नेतृत्व तहमा रहि उत्कृष्ट एवं विशिष्ठ योगदान पुर्‍याए वापत उनको सम्झना र सम्मानमा २०५९ सालमा हेम बहादुर मल्ल सम्मान पुरस्कार स्थापना गरिएको थियो। सम्मान पुरस्कार छनोटका लागि पुर्व मन्त्री तथा सचिव शंकर प्रसाद कोइरालाको संयोजकत्वमा छनोट समिति गठनगरि नाम आवेदन गरिएकोमा एक सय जना भन्दा बढीले आवेदन परेका थिए। छनोट समितिमा पुर्व सचिव,पुर्व प्रशासक र पुर्व व्यवस्थापकहरू रहेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया