२०८२ फाल्गुन ६ | Feb 18, 2026

यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

BusinessPati बिजनेस पाटी
|
२०८१ आश्विन ८
|
765 views

काठमाण्डौ ८ अशोज २०८१

मौसम पूर्वानुमान महाशाखाले मंगलबारदेखि देशभरी पानी पर्ने क्रम फेरि सुरू हुने जनाएको छ।

महाशाखाले सोमबार साँझ विशेष बुलेटिन जारी गरेर आजदेखि पानी पर्ने क्रम सुरू हुने र बुधबारदेखि अझै बढ्ने पूर्वानुमान गरेको हो।

मनसुन कायम रहेपनि पानी पार्ने प्रणाली कमजोर हुँदा केही दिनदेखि देशभर गर्मी बढेको थियो। मंगलबारदेखि भने बंगालको खाडीमा विकासित भएको न्यूनचापीय प्रणालीको प्रभावले पानी पर्ने महाशाखाले जनाएको छ।

महाशाखाले बिहान देशभर आंशिकदेखि साधारण बदलीको अवस्था रहेको जनाएको छ। कोशी, बागमती र मधेशस प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा समेत भइरहेको छ।
दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान छ।

Ncell

कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा दिउँसो भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार मंगलबार राति देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी , गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी , बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा राति भारी वर्षाको हुने पूर्वानुमान छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया