नेपाल बैंक लिमिटेड र दराज ई-कमर्सबीच ग्राहकहरूलाई छुटको सहकार्य

BusinessPati बिजनेस पाटी
|
२०८१ कार्तिक २६
|
714 views

ललितपुर - काठमाण्डौ २६ कार्तिक २०८१। 

नेपालका सबैभन्दा पुराना बैंकमध्ये एक, नेपाल बैंक लिमिटेड र प्रमुख अनलाइन ई-कमर्स प्लेटफर्म दराज केयमु प्रा. लि. बीच ग्राहकहरूलाई अनलाइन खरिदमा छुट प्रदान गर्ने सम्झौता भएको छ।

यस साझेदारीअन्तर्गत नेपाल बैंकमा निक्षेप खाता भएका ग्राहकहरूले दराजको अनलाइन पोर्टलबाट सामान खरिद गर्दा विशेष छुट पाउने छन्।

सम्झौताअनुसार, नेपाल बैंकका निक्षेपकर्ताहरूले दराजमा अनलाइन सामान खरिद गर्दा डेबिट कार्ड प्रयोग गरी अग्रिम भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम २,००० रुपैयाँसम्म छुट प्राप्त गर्नेछन्। यस्तै, क्रेडिट कार्डबाट अग्रिम भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम २,५०० रुपैयाँ बराबरको छुट उपलब्ध हुनेछ।

छुट पाउनका लागि ग्राहकहरूले नेपाल बैंकको शाखामा सम्पर्क गरी आफ्नो कार्डमा इ-कमर्स सेवा सक्रिय गर्नुपर्नेछ। बैंकले ग्राहकहरूलाई आफ्नो डेबिट र क्रेडिट कार्डका लागि इ-कमर्स सेवा सक्रिय गर्न आवेदन दिन आग्रह गरेको छ।

Advertisement

यो योजना कात्तिक २६ गतेदेखि मङ्सिर ७ गतेसम्म लागू हुनेछ।

 पात्रो/राशिफल  रेडियो YouTube