बीआरआईमा समेटिएका यी १० परियोजना

BusinessPati बिजनेस पाटी
|
२०८१ मंसिर १९
|
663 views

ललितपुर - काठमाडौं १९ मंसिर २०८१। 

नेपाल र चीनबीच बुधबार बेइजिङमा हस्ताक्षर भएको ‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा नेपालले प्रस्ताव गरेका १० परियोजना परेका छन् ।

‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा नेपालले चिनियाँ पक्षलाई १२ परियोजना प्रस्ताव गरेकोमा १० परियोजना फ्रेमवर्क सहमतिमा परेका हुन।

बीआरआई सहकार्य फ्रेमवर्कमा परेका १० परियोजना

१, टोखा–छहरे सुरुङमार्ग

२, हिल्सा–सिमकोट सडक परियोजना

३, किमाथांका–खाँदबारी सडक र पुल

४, जिलोङ–केरुङ–काठमाडौं सीमापार रेलमार्ग

५, डडेलधुरास्थित अमरगढी सिटी हल

६, जिलोङ–केरुङ–रसुवागढी चिलिमे २२० केभी सीमापार प्रसारण लाइन

७, मदन भण्डारी विश्वविद्यालय

८, काठमाडौं साइन्टिफिक सेन्टर एन्ड साइन्स म्युजियम,

९, दमकस्थित चीन–नेपाल औद्योगिक मित्रपार्क

१०, झापा स्पोर्ट्स एन्ड एथलेक्टिस कम्प्लेक्स

 पात्रो/राशिफल  रेडियो YouTube