
काठमाडौं । त्रिभुवन विश्वविद्यालय क्याम्पस, कीर्तिपुरमा स्ववियु निर्वाचन आज भइरहेको छ । सोमबार बिहान ८ बजेदेखि मतदान प्रक्रिया सुरु भएको हो ।
यसअघि चैत ८ गतेका लागि तोकिएको निर्वाचन उच्च अदालत, पाटनको अल्पकानील अन्तरिम आदेशका कारण स्थगित गरिएको थियो ।
शुक्रबार अदालतले अन्तरिम आदेशलाई निरन्तरता नदिने भन्दै अर्को आदेश जारी गरेकोपछि निर्वाचन समितिले तत्काल निर्वाचन कार्यक्रम तय गरेको थियो । जसअनुसार सोमबारका लागि मतदानको मिति तोकेको हो ।
विहान ८ बजेदेखि सुरु भएको मतदान विद्युतीय प्रणालबाट अगाडि बढिरहेको छ । यसपटक त्रिविमा स्वतन्त्र उम्मेदवारह्रबीच प्रतिस्पर्धा हुँदैछ । अखिलबाट सिद्धान्त भट्ट, नेविसंघबाट दीपक जोशी, अखिल क्रान्तिकारीबाट प्रवीन दाहालका साथै पद्मा भुसाल र उज्ज्वल खड्काले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
यसपटकको त्रिभुवन विश्वविद्यालय क्याम्पसबाट स्ववियु निर्वाचनमा ६ हजार मतदाता रहेका छन् । मतदान प्रक्रिया विहान ८ बजेट सुरु भएर अपराह्न ४ बजेसम्म हुनेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया