
काठमाडौं । काठमाडौंको माकलबारीमा एक युवकको हत्या भएको छ । गोकर्णेश्वर–८ माकलबारीमा लेनदेनको विवादमा युवकको हत्या भएको बुझिएको छ ।
गोकर्णेश्वर–८ मा सञ्चालित आरके मोटरसाइकल वर्कसपमा १९ वर्षीय राहुल साहको हत्या भएको र शव गाडेको अवस्थामा फेला परेको छ जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले जानकारी गराएको छ ।
हत्यामा संलग्न वर्कसप सञ्चालक सहित अन्य ५ जना आरोपीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ ।
माकलबारीको बाहुनधारा बस्दै आएका राहुल चैत ११ गतेदेखि सम्पर्कविहीन भएको जानकारी पाए लगत्तै प्रहरीले खोजी कार्य तीव्र पारेको थियो । चैत १५ गते नै उनको हत्या गरी वर्कसप पछाडि गाडेको अवस्थामा शव फेला परेको छ ।
पक्राउ पर्नेमा वर्कशप सञ्चालक २२ वर्षीय निप मण्डल, १८ वर्र्षीया करन कुमार महतो, ४५ वर्षीय उत्तम मण्डल, २९ वर्षीय सुनि शर्मा (भारतीय नागरिक), १८ वर्षीय विजय यादव र २३ वर्षीय वोधन मण्डल छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया