२०८२ फाल्गुन ६ | Feb 18, 2026

रेविकाको न्यायको लागि विद्यार्थीको आन्दोलन

BusinessPati बिजनेस पाटी
|
२०८१ चैत्र १९
|
561 views

काठमाडौं । गत शुक्रबार काठमाडौंको तीनकुनेमा भएको राजावादीहरुको हिंसात्मक आन्दोलनपछिको घटनामा गोली लागेर घाइते भएकी रेबिका खत्रीको न्याय माग गर्दै विद्यार्थीहरूले प्रदर्शन गरेका छन्।

बिबिएस तेस्रो वर्षमा अध्ययनरत २२ वर्षीया रेविका खत्रीको दायाँ खुट्टामा रबरको गोली लागेको जिल्ला प्रहरी परिसर काठमाडौंको जानकारी गराएको छ ।

उनलाई कसरी गोली लागेको भन्ने विषयमा जिल्ला प्रहरी काठमाडौंले अनुसन्धान गरिरहेको छ । हुलमूलमा उहाँलाई गोली लागेको हुनसक्छ। कसरी भएको हो भन्नेबारे हेर्दैछौं,’ एसएसपी विश्व अधिकारी भने।

घाइते रेविका खत्रीको मिनभवन स्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ।

मंगलबार कोटेश्वर बहुमुखी क्याम्पसका विद्यार्थीहरूले रेविकाको न्यायका लागि प्रदर्शन गरेका छन्। विद्यार्थीहरुले उनको न्याय र दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग राखेर प्रदर्शन गरेका हुन्।

नेपाल प्रहरीले विवरण संकलन गर्ने क्रममा ४ जनालाई गोली लागेको बताएको थियो । गोली लागेका सविन महर्जनको भने मृत्यु भइसकेको छ । अन्य तीनजनामा रेविका खत्री, शम्भु दर्जी र डिल्लीप्रसाद लुइँटेल घाइते भएका हुन् उनीहरु सबैको उपचार भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया