२०८१ चैत्र २०

काठमाडौं । आज विश्व अटिजम जागरूकता दिवस हो । आज विश्वभर यो अटिजमप्रति सचेतना फैलाउने खालका विविध कार्यक्रमका साथ मनाइँदै छ ।
संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २००७ देखि यो दिवस मनाउन थालिएको हो । अटिजम भएका व्यक्तिको मानवअधिकार, मौलिक स्वतन्त्रताको उपभोग सुनिश्चित गर्न समाजका सबै वर्गले सघाउनुपर्ने मान्यताका साथ यो दिवस मनाउन थालिएको हो ।
दिगो विकासका लक्ष्य हासिल गर्न तथा स्वास्थ्यसम्बन्धी प्रतिबद्धता पूरा गर्न यो दिवस उपयोगी हुने राष्ट्रसङ्घका महासचिव एन्टिनियो गुटेरेसले बताए । यो दिवसका अवसरमा जारी गरेको मन्तव्यमा उनले अटिजम भएकाहरूलाई स्वास्थ्य, शिक्षा, रोजगारीका अवसर दिनुपर्नेमा उनले जोड दिएका छन् । रासस
फेसबुकबाट तपाईको प्रतिक्रिया