२०८२ फाल्गुन ६ | Feb 18, 2026

विन नेपाल लघुवित्तको एफपीओ आजबाट खुला

BusinessPati बिजनेस पाटी
|
२०८१ चैत्र २१
|
408 views

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको अफपीओ आजबाट खुला गरिएको छ । संस्थाले आजदेखि एफपीओ सार्वजनिक निष्काशन अर्थात् बिक्री खुला गर्दैछ।

विन नेपालले कुल ५१ लाख २९ हजार २५० रुपैयाँ बराबरको एफपीओ ल्याएको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३ को दफा ९ बमोजिम स्वः पूँजी संरचनामा सर्वसाधारणको हिस्सा ३० प्रतिशत कायम गर्ने गरी संस्थाले एफपीओ निष्काशन गर्न लागको हो। संस्थाले १०० रुपैयाँ अंकितदरले सर्वसाधारणका लागि शेयर बिक्री खुला गर्दैछ ।

यसमा इच्छुक लगानीकर्ताले चैत २६ गतेसम्म आवेदन दिन सक्नेछन्। उक्त अवधिभित्र पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि २०८२ बैशाख ४ गतेसम्म लम्बिने विन नेपालले जनाएको छ।

एफपीओमा न्यूनतम १० कित्ता र अधिकतम एक हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

हाल लघुवित्तको चुक्ता पूँजी ७ करोड ९२ लाख ११ हजार ३०० रुपैयाँ रहेको छ।
लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया