Business Pati
  • गृहपृष्ठ
  • समाचार
  • अर्थ वाणिज्य
  • बैंक वित्त
  • शेयर बजार
  • बीमा
  • अन्तर्वार्ता/विचार
  • घर / घडेरी
  • राजनीति
  • अन्य
    • स्वास्थ्य
    • कृषि
    • खेलकुद
    • बजार
    • व्यापार र लगानी
    • कर्पोरेट
    • विज्ञान-प्रविधि
    • मनोरञ्जन
    • सुनचांदी
    • घुमफिर
    • मल्टिमिडिया
    • अटो
    • सडक
    • साहित्य
पात्रो/राशिफल VIDEO रेडियो
Business Pati
पात्रो/राशिफल VIDEO रेडियो
२०८२ फाल्गुन ६ | Feb 18, 2026
Business Pati
  • गृहपृष्ठ
  • समाचार
  • अर्थ वाणिज्य
  • बैंक वित्त
  • शेयर बजार
  • बीमा
  • अन्तर्वार्ता/विचार
  • घर / घडेरी
  • राजनीति
  • अन्य
    • स्वास्थ्य
    • कृषि
    • खेलकुद
    • बजार
    • व्यापार र लगानी
    • कर्पोरेट
    • विज्ञान-प्रविधि
    • मनोरञ्जन
    • सुनचांदी
    • घुमफिर
    • मल्टिमिडिया
    • अटो
    • सडक
    • साहित्य
२०८२ फाल्गुन ६ | Feb 18, 2026

चिकित्सकले स्वास्थ्यमन्त्रीलाई बुझाए ज्ञापनपत्र

BusinessPati बिजनेस पाटी
|
२०८१ चैत्र २३
|
969 views

तानसेन (पाल्पा)
लुम्बिनी मेडिकल कलेज पाल्पामा अध्ययनरत आवासीय (रेसिडेन्ट) चिकित्सकले स्वास्थ्य तथा जनसङ््ख्यामन्त्री प्रदीप पौडेललाई तीन बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका छन् । आठौँ तहसरह मासिक पारिश्रमिक पाउनुपर्ने मागसहित उनीहरुले मन्त्री पौडेललाई ज्ञापनपत्र बुझाएका हुन् । चिकित्सकहरुले निजी मेडिकल कलेजका एमडी, एमएस, एमडिएस आवासीय चिकित्सकको मासिक पारिश्रमिक (सरकारी आठौँ तहसरह) भुलानी गरिनुपर्ने, एमडी, एमएस, एमडिएसको म्याचिङ प्रक्रिया सच्याउन माग गरेका छन् । उनीहरुले आयोगद्वारा प्रवेश परीक्षा अगाडि प्रकाशित निजी मेडिकल कलेजका सिटसमेत समावेश गरी अघि बढाइनुपर्ने, त्यस्तो निर्णय नमान्ने निजी मेडिकल कलेजलाई एमबिबिएस, बिडिएस, एमडिएस, एमएस, एमडिएस, डिएम, एमसिएच कार्यक्रमको सम्बन्धन खारेज, बिमालगायत सरकारी अनुदानका सम्पूर्ण कार्यक्रम रद्द गर्नेलगायतका माग गरेका छन् ।
यस्तै चिकित्सकहरुले स्नातकोत्तर कार्यक्रमलाई पूर्ण वैज्ञानिक बनाउन स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समितिसँग प्रतिबद्धता जनाइएबमोजिम छुट्टै नियामक अङ्गको व्यवस्थासहित कार्य समय, बिदा, पारिश्रमिक, परीक्षाको पारदर्शिता र निष्पक्षता सुनिश्चित गर्ने व्यवस्था, विश्वविद्यालय र मेडिकल कलेज प्रशासनको आचरण र व्यवहार, अध्यापक जनशक्तिहरुको आचरण र व्यवहारलगायत विषय समेटी स्नातकोत्तर कार्यक्रम सञ्चालन कार्यविधि निर्माण गर्ने ड्राफ्टिङ कमिटी बनाइनुपर्ने माग मन्त्रीसमक्ष राखेका छन् । आफ्ना मागहरु पूरा नहुँदासम्म काममा नजाने निर्णय गरिएको एलएमसीका डा दीपक कँडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रा माग सम्बोधन नहुञ्जेलसम्म आफूले प्रदान गर्दै आएका सेवाहरु बहिष्कार गर्नेछौँ ।” चिकित्सकले काम बहिष्कार गर्दा सेवा प्रभावित भएको अस्पतालले जनाएको छ । ज्ञापनपत्र बुझ्दै मन्त्री पौडेलले आवासीय चिकित्सकका धेरै माग सम्बोधन भइसकेको र केही मागहरु तत्काल सम्बोधन गरिने विश्वास दिलाउनुभयो । उहाँले सरकारले गरेका निर्णय कार्यान्वयन गर्न सम्बन्धित निजी मेडिकललाई आग्रह गरिसकेको बताउनुभयो ।

थप समाचारहरु

शहीद गंगालालमार्फत विपन्न बालबालिकाकोे मुटु उपचार निःशुल्क हुने मुटु जोगाऔ, नुनको मात्रा घटाऔं आईएनसीको आयोजनामा क्यान्सर सचेतना र सम्मान समारोह सम्पन्न सुत्केरीको हेलिकप्टबाट उद्धार बालबालिकाको व्यवहार र निद्रामा स्क्रिन टाइमको प्रभाव मन्त्रालयद्वारा निःशुल्क प्राप्त हुने सेवासम्बन्धी विवरण सार्वजनिक मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको बोर्ड तोडमोडमा संलग्न सबैको रिहाइ गण्डकीका १२ ‘स्याटेलाइट’ अस्पतालमा विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना विकास    मानवताको एक आदर्श मन्दिर एजिङ लाइफ केयर होम एलजीबीटीआईका लागि सुलभ स्वास्थ्य सेवा, न्यूनतम शुल्कमा स्वास्थ्य परीक्षण निजामती अस्पतालमा नयाँ प्रविधिबाट घुँडाको जोर्नी प्रत्यारोपण सुरु आर्थिक अभावका कारण उपचार नपाउने अवस्था अन्त्य हुनुपर्छः प्रधानमन्त्री औषधि सम्बद्ध १० वटा व्यावसायिक सङ्घसंस्थाहरू आन्दोलनमा उत्रिए Default Thumbnailफेसबुकमा ‘अदबिदा’ लेखेर सम्पर्कविहीन भएका डा. केशव श्रेष्ठ बालाजुमा फेला पवन आचार्य  आगामी दुई बर्षकोलागि नेपाल औषधी आयातकर्ता संघको अध्यक्ष  निर्वाचित स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार अपाङ्गता भएका बालबालिकाको भरणपोषणका निम्ति सहयोग याचना स्वास्थ्य विज्ञान प्रतिष्ठानका नव नियुक्त उपकुलपतिहरूले लिए शपथ : पाटनका उपकुलपतिलाई प्रतिष्ठानमा भव्य स्वागत 

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा अपडेट

  • आज उच्च पहाड र हिमालमा हल्का वर्षा र हिमपात
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
  • सार्वजनिक बिदामा पनि राहदानी विभाग खुला रहने
  • निर्वाचन १५ दिन बाँकीः प्रविधिको दुरुपयोग नगर्न आयोगको आग्रह
  • देशघाती पढैया बुख्याचाहरू
  • प्रधानमन्त्री कार्कीले काठमाडौँ–तराई/मधेस द्रुतमार्ग वैकल्पिक योजनामा अघि बढाउन निर्देशन
Businesspati
  • प्रमुख सल्लाहकार : दिपेन्द्रबहादुर क्षेत्री (पुर्वगभर्नर)
  • कानुनी सल्लाहकार : भरतराज सुबेदी
  • अध्यक्ष/प्रधानसम्पादक : हरिप्रसाद तिमल्सिना
  • प्रबन्ध सञ्चालक : रामचन्द्र बस्नेत
  • निर्देशक : टिका प्रसाद तिमल्सिना
  • सम्पादक : साबित्री तिमल्सिना
  • कार्यकारी सम्पादक : लोकराज अधिकारी
  • सहसम्पादक : निता ढुगेंल
  • मल्टिमिडिया संयोजक :प्रकाश धिताल
  • बजार ब्यवस्थापक : जनार्दन प्र उपाध्याय
  • बजार प्रतिनिधि : भिम शर्मा पौडेल

सम्पर्क

बिजनेस पाटी मिडिया प्रा. लि.

  • धापाखेल, ललितपुर, नेपाल
  • सूचना विभाग दर्ता नं. : १२७/०७३-७४
  • 01-5253584, 9745366039
  • businesspati@gmail.com

विज्ञापनका लागि सम्पर्क

Email: businesspati@gmail.com
Contact: 9841362663,9745366038

सामाजिक संजाल

Follow us on Facebook

© 2026, All Rights Reserved, Business Pati