२०८२ फाल्गुन ६ | Feb 18, 2026

सार्वजनिक बिदाका दिन समेत खुल्ला रहे बैंक

BusinessPati बिजनेस पाटी
|
२०८१ चैत्र २४
|
1.3k views

काठमाडौँ। सार्वजनिक विदाको दिन परे पनि आज लक्ष्मी सनराइज बैङ्कले आफ्ना शाखामार्फत सेवा सञ्चालन गर्ने भएको छ ।

सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेसँगै वाणिज्य बैंक तथा विकास बैंकहरूले ग्राहक सुविधालाई मध्यनजर गर्दै केही शाखा खुला राख्ने निर्णय गरेका हुन्। बैङ्कहरूले आफ्ना ग्राहकलाई नियमित सेवा प्रवाहमा अवरोध नहोस् भन्ने उद्देश्यले बिदाको दिनमा समेत शाखा सञ्चालन गर्ने भएका हुन्।

केही बैङ्कहरूले आफ्ना शाखा तथा काउन्टर खुला रहने सूचना सामाजिक सञ्जाल र वेबसाइटमार्फत सार्वजनिक गरिसकेका छन्। बैङ्कहरूले नगद जम्मा तथा झिक्ने, चेक क्लियरिङ, अनलाइन ट्रान्जेक्सन लगायत सेवा सञ्चालनमा कुनै अवरोध नहुने गरी तयारी गरेको जनाएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया