२०८२ भाद्र ६ | Aug 22, 2025

सुन–चाँदीको मूल्यमा निरन्तर गिरावट

BusinessPati बिजनेस पाटी
|
२०८१ चैत्र २५

काठमाडौं । नेपाली बजारमा सोमबार पनि सुन–चाँदीको मूल्यमा गिरावट आएको छ । आज सुन तोलामा सात सय रुपैयाँले घटेको छ भने चाँदी तोलामा ४० रुपैयाँका दरले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ७३ हजार ८०० रुपैयाँमा कारोबार भइहेको छ । आइतबार बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख ७४ हजार ५०० रुपैयाँ थियो । पछिल्ला तीनदिनदेखि सुन र चादीको मूल्यमा निरन्तर गिरावट आइरहेको छ ।

आज (आइतबार) चाँदीको मूल्य पनि ७० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार ८०० रुपैयाँमा किनबेच भएको छ । शुक्रबारको बजारमा चाँदी तोलाको एक हजार ८७० रुपैयाँमा कारोबार भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया