२०८२ फाल्गुन ६ | Feb 18, 2026

तरलता बढेपछि राष्ट्र बैंक ३५ अर्ब रुपैयाँ तान्दै

BusinessPati बिजनेस पाटी
|
२०८१ चैत्र २५
|
459 views

काठमाडौं । बजारमा अधिक तरलता बढेपछि नेपाल राष्ट्र बैंकले आज पुनः बजारबाट ३५ अर्ब रुपैयाँ तान्ने लागेको छ । तलरता व्यवस्थापनका लागि राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँ खिच्ने भएको हो।

उक्त ३५ अर्ब रुपैयाँ २३ दिन अवधिका लागि राष्ट्र बैंकले उठाउन लागेको हो। उक्त ३५ अर्ब रुपैयाँको साँवा तथा ब्याज बैंकहरुले २०८२ बैशाख १७ गते फिर्ता पाउनेछन्। क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम १० करोड र बढीमा ५ करोडले भाग गर्दा निः शेष आउने अंक बराबरको निक्षेप राष्ट्र बैंकमा राख्न सक्ने प्रावधान छ । बैंकहरुले त्यसरी राखेको निक्षेपको ब्याजदर भने बोल कबोलका माध्यमबाट निर्धारण हुनेछ।

इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले आज (सोमबार) दिउँसो ३ बजेभित्र बोलकबोलमार्फत आवेदन दिन सक्नेछन्। बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया