घटेन वायु प्रदुषण, घरबाहिर ननिस्कन विज्ञको सुझाव

BusinessPati बिजनेस पाटी
|
२०८१ चैत्र २६
|
663 views

ललितपुर - काठमाडौँ । निकै दिनदेखि काठमाडौंमा भइरहेको वायु प्रदुषण घट्न सकेका छैन । अहिले काठमाडौं विश्वकै प्रदूषित सहरको शीर्ष स्थानमा देखिएको छ। काठमाडौँको एयर क्वालिटि इन्डेक्स (एक्यूआई) मापन अनुसार २६२ रहेको छ। जुन स्वास्थ्यको दृष्टिकोणले निकै अस्वस्थ हो ।

मापन अनुसार ०–५० सम्मको एक्यूआईलाई मात्र स्वस्थ मान्ने गरिएको छ। तर अहिले काठमाडौँको हावामा पीएम २.५ को मात्रा विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा ३७.५ गुणा बढी रहेको छ। वायु प्रदूषण उच्च भएसँगै काठमाडौँमा बिरामीको संख्या पनि बढेको छ।

विज्ञहरूले प्रदुषण नघटेसम्म अत्यावश्यक काम नपरी बाहिर ननिस्कन, निस्कनै परे पनि अनिवार्य रुपमा मास्क लगाउन, घरभित्रै बस्दा पनि झ्यालहरू बन्द गरेर बस्न सुझाएका छन् । हाल पाटन, रत्नपार्क, रवि भवन, बिजुली बजार, पुतलि सकडलगायत क्षेत्रमा प्रदूषण उच्च रहेको छ। काठमाडौँपछि भारतको नयाँ दिल्ली दोस्रो तथा भियतनामको हानोई विश्वकै तेस्रो प्रदूषित सहर बनेका छन् ।

विज्ञहरुले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह गरेका छन् । वायु प्रदूषण उच्च मात्रमा बढे सँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सतर्कता अपनाउन आग्रह गरेको छ। ।

 पात्रो/राशिफल  रेडियो YouTube