२०८२ भाद्र ६ | Aug 22, 2025

सुनको मूल्यले बनाउँदैछ दैनिक नयाँ रेकर्ड, आज कति पुग्यो ?

BusinessPati बिजनेस पाटी
|
२०८१ चैत्र ३१

काठमाडौं । आज सुनको मूल्यले इतिहासकै नयाँ रेकर्ड कायम गरेको छ । पछिल्ला केही दिनदेखि सुनको मूल्यमा निरन्तर नयाँ रेकर्ड कायम गरिरहेको छ । २०८१ सालको बिदाइसँगै आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

शुक्रबारको तुलनामा आइतबार सुन प्रतितोला एक हजार रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख ८६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबारको बजारमा यस्तो सुन प्रतितोला एक लाख ८५ हजार रुपैयाँ खरिदबिक्री भएको थियो । गत बिहीबारदेखि सुनको मूल्यले निरन्तर ऐतिहासिक रेकर्ड बनाइरहेको छ ।

आज चाँदी पनि तोलामा ५५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा किनबेच भइरहेको छ । शुक्रबारको बजारमा चाँदी प्रतितोला एक हजार ९०५ रुपैयाँमा किनबेच भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया