२०८२ फाल्गुन ६ | Feb 18, 2026

वैशाखबाट वाणिज्य बैंकहरुले घटाए ब्याजदर

BusinessPati बिजनेस पाटी
|
२०८१ चैत्र ३१
|
765 views

काठमाडौं । नयाँ सालको प्रारम्भसँगै तीनवटा वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरुले २०८२ बैशाख महिनाका लागि ब्याजदरको सूचना प्रकाशित गरेका छन्। प्रकाशित सूचना अनुसार २० वाणिज्य बैंकहरुमध्ये ३ बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने एक बैंकले बढाएको छ। बाँकी १६ बैंकहरुको यस्तो खाताको अधिकतम ब्याजदर स्थिर रहेको छ।

कुमारी बैंक, सानिमा बैंक र नेपाल बैंकले वैशाख महिनाका लागि व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । यी बैंकहरुको अधिकतम ब्याजदर क्रमशः ०.०९ प्रतिशत, ०.१ प्रतिशत र ०.३५ प्रतिशतविन्दु घटेको हो।
एभरेष्ट बैंकले भने ब्याजदर बढाएको छ । व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदरमा एभरेष्ट बैंकले ०.६१ प्रतिशतविन्दु बढाएको छ। अन्य १६ बैंकहरुले भने चैत महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।

बैंकहरुको संस्थागत मुद्दति निक्षेपको ब्याजदर भने चैतको तुलनामा बैशाखमा औषतमा ०.०६४ प्रतिशतविन्दु घटेको छ। यस्तो निक्षेपमा ८ बैंकहरुले ब्याजदर घटाएका छन्। एभरेष्ट बैंकले भने संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजदर पनि बढाएको छ।

बैशाख महिनाका लागि यस्तो रह्यो बाणिज्य बैंकहरुको ब्याजदर

फेसबुकबाट तपाईको प्रतिक्रिया