२०८२ भाद्र ६ | Aug 22, 2025

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख १

गोरखा  आज बिहान गोरखामा एक युवाको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ । काठमाडौँबाट गोरखा आउँदै गरेको बा८८प ९७६२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका भीमसेनथापा गाउँपालिका–६ अश्राङका २४ वर्षीय केशव पाण्डेको गोरखा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक सरोज पाण्डेको भनाइ छ । गोरखा नगरपालिका–९ ठिँगुरेस्वाँरास्थित सडकमा पल्टेर मोटरसाइकल दुर्घटना भएको थियो । मोटरसाइकलको पछाडि सिटमा बस्ने अश्राङकै १८ वर्षीय रवीन पाण्डेको गोरखा अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि काठमाडौँ वीरअस्पतालमा पठाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया