वि.सं. २०८१ लेखिएको ५ रुपैयाँका नयाँ नोट आजबाट चलनचल्तीमा आउँदै

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख २
|
1k views

ललितपुर - काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि पाँच रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ। वि.सं. २०८१ लेखिएको साविककै आकार तथा रंगमा पाँच रुपैयाँ दरको नयाँ नोट चलनचल्तीमा ल्याउन लागेको राष्ट्र बैंकले जनाएको छ।

केन्द्रीय बैंकले आज एक सूचना जारी गरी रुपैयाँ पाँच दरको नयाँ नोट चलनचल्तीमा ल्याउन लागिएको जानकारी गराएको हो। चलनचल्तीमा ल्याउन लागिएका नयाँ नोटको अग्रभागको बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप, तत्कालीन गर्भनर महाप्रसाद अधिकारीको दस्तखत र नोटको तल्लो भागको बोर्डरमा नोटको सिरिस नम्बर नेपालीमा वि.सं.२०८१ लेखिएको हुने छ।

 पात्रो/राशिफल  रेडियो YouTube