२०८२ भाद्र १८ | Sep 03, 2025

वीरगञ्ज भन्सार कार्यालयको राजस्व संकलनमा वृद्धि

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख ३
|
51 views

वीरगञ्ज । नौ महिनाको अवधिमा वीरगञ्ज भन्सार कार्यालयको राजस्व संकलनमा वृद्धि भएको छ । भन्सार कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा रु. एक खर्ब २४ अर्ब ७० करोड राजस्व सङ्कलन गरेको छ ।

कार्यालयका अनुसार साउनमा रु १२ अर्ब १५ करोड, भदौमा रु १३ अर्ब ४२ करोड, असोजमा रु १३ अर्ब ४७ करोड, कात्तिक रु ११ अर्ब १० करोड, मङ्सिरमा रु १४ अर्ब ४० करोड, पुसमा रु १५ अर्ब ४७ करोड, माघमा रु १४ अर्ब ४४ करोड राजस्व सङ्कलन भएको थियो।

यसैगरी, फागुनमा रु १४ अर्ब ६३ करोड र चैतमा रु १५ अर्ब ४७ करोड राजस्व सङ्कलन भएको छ ।
साउनदेखि चैतमसान्तसम्मको अवधिमा वीरगञ्ज भन्सार कार्यालयले रु. एक खर्ब २४ अर्ब राजस्व सङ्कलन गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Advertisement