२०८२ भाद्र ६ | Aug 22, 2025

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको बोर्ड तोडमोडमा संलग्न सबैको रिहाइ

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख ५

हेटौंडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौंडा अस्पतालको बोर्ड तोडमोडको गरी अभद्र व्यवहार देखाएको आरोपमा पकाउ परेका ६ जनालाई जिल्ला प्रहरी कार्यालयले हिजो (विहीबार) रिहाइ गर्ने फैसला गरेको छ ।

उक्त घटनामा पक्राउ परेका ६ जनालाई विहीबार रिहा गर्ने फैसला भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारीले जानकारी गराइन् । पक्राउ परेकाहरु सबैको स्वास्थ्य परीक्षण गरेपछि रिहा गरिने भएको छ । यसअघि जिल्ला प्रहरी कार्यालय मकवानपुरले उनीहरु विरुद्ध जिल्ला प्रशासन कार्यालयबाट अभद्र व्यवहारको मुद्दामा ५ दिनको म्याद थप गरेको थियो ।

अस्पतालको बोर्ड तोडमोड गरेका आरोपमा पक्राउ पर्नेमा सुनिल गिरी, सफल अधिकारी, विशालराज महत, अस्मित अधिकारी, समुन्द्र दाहाल र राजकुमार घिमिरे थिए । उनीहरू नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीसँग आवद्ध युवा नेताहरू भएको बुझिएको छ ।

उनीहरु ६ जनाकै रिहाइको लागि हेटौंडा–२ स्थित जिल्ला प्रशासन कार्यालय मकवानपुर प्रवेश गर्ने खण्डमा शुक्रबार बिहानैदेखि चर्को रुपमा नाराबाजी समेत भएको थियो । रिहाइको माग गर्दै नाराबाजी गर्नेहरुमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी सम्बद्ध नेता तथा कार्यकर्ताहरु थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया