२०८२ भाद्र ६ | Aug 22, 2025

बिजुलीबजारमा राप्रपले प्रदर्शन गर्दै

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख ७

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज राजधानीमा प्रदर्शन गर्दैछ । गत चैत १५ गते पक्राउ परेका आफ्ना पार्टीका केही नेता तथा कार्यकर्ताको रिहाइको माग गर्दै प्रदर्शन गर्न लागेको हो ।

राप्रपाको आजको प्रदर्शनलाई ध्यानमा राखी सरकारले राजधानीको सुरक्षा व्यवस्था कडा पारेको छ । तर, राप्रपाले भने निषेधित क्षेत्रमा बिरोध प्रदर्शन गर्दैछ । राप्रपाले आज काठमाडौंको बिजुली बजारमा प्रदर्शन गर्ने बताएको हो । जुन क्षेत्र प्रदर्शनका लागि निषेधित गरिएको छ ।

राप्रपाले गत चैत्र १५ गते प्रदर्शनका क्रममा पक्राउ परेका पार्टीका नेता–कार्यकर्तालाई निःशर्त रिहा गर्न माग गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया